काठमान्डौ । क्रिप्टोकरेन्सीको इतिहासमै पहिलो ह्याकर समूहले सबैभन्दा ठूलो र अपत्यारिलो चोरी गरेको छ।

पोलिनेटवर्क भन्ने एउटा आर्थिक मिडियाले गरेको खुलासाअनुसार गत मंगलबार ह्याकर समूहले सिस्टममा ह्याक गरेर ६०० मिलियन अमेरिकी डलरबराबरको क्रिप्टोकरेन्सी चोरी गरेको हो। यो क्रिप्टोकरेन्सीको इतिहासमै सबैभन्दा ठूलो चोरी हो। 

ह्याकर समूहले १० हजारभन्दा बढी क्रिप्टोकरेन्सीका सदस्यबाट चोरी गरेको छ। यसरी चोरी भएको विषयमा क्रिप्टोकरेन्सी बाइनान्स तथा टिथरले पुष्टि पनि गरिसकेका छन्। 

गत मंगलबार बिहान ह्याकरले चोरी गरेकामध्ये ४.७ मिलियन डलरबराबरको क्रिप्टो तत्कालै र २६१ मिलियन डलरबराबरको क्रिप्टो भने दिउँसो फिर्ता ल्याउन सफल भएको उक्त आर्थिक मिडियाले जनाएको छ। बाँकी क्रिप्टोकरेन्सी भने ह्याकरले लैजान सफल भएका छन्। 

यो चोरीको घटनासँगै विश्व बजारमा क्रिप्टोकरेन्सी सुरक्षाको चुनौती थपिएको बताइएको छ। विश्व बजारमा लगानीकर्ताहरु क्रिप्टोकरेन्सीतर्फ आकर्षित भइरहेको अवस्थामा यसरी ह्याकरले चोरी भएको हो। 

ह्याकर समूहले संसारलाई जोगाउनका लागि क्रिप्टोकरेन्सीमा आक्रमण तथा ह्याक गरेको भनेर आफ्नो सन्देश छाडेको छ। – एजेन्सी