काठमाण्डौ । पछिल्लोपटक १८८० लाई सपोर्ट बनाएर बढेको बजारमा लगभग १९८० मा पुगेपछि पुनः सामान्य अंकको करेक्सन आउँदै गरेको देखिन्छ।
हिजो र आजको २ वटा कारोबारलाई नियालेर हेर्ने हो भने बजारले ‘ह्यागिङ म्यान’को आकृति बनाउँदै गरेको देखिन्छ (हेर्नुहोस् कालो एरो)। यसले बजारमा अनिश्चितता र भविष्यमा केही अंक करेक्सन हुन सक्ने बुझिन्छ।
पिभट प्वइन्टका आधारमा बजारलाई हेर्ने हो भने पछिल्लो दुई कारोबारमा ०.३८ प्रतिशतको सपोर्ट १९४५ मा बन्द भएको छ। यदि आगामी कारोबारमा बजारमा करेक्सन आउँछ भने ०.५ प्रतिशतको सपोर्ट १९३३ र ०.६१ प्रतिशतको सपोर्ट १९२१ सम्म बजार आउन सक्छ।
यदि बजार बढ्छ भने पहिलेकै प्रतिरोधका विन्दुहरु १९६५, १९८० तथा १९९० का विन्दुमा प्रतिरोधको सामना गर्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
15 hours ago
15 hours ago