काठमाण्डौ । नेपालका लागि ह्युन्डई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘ह्युन्डई हाइवे एसुरेन्स’ ह्युन्डईका गाडीहरुका लागि फ्री चेकअप क्याम्प आयोजना गरेको छ। 

यस कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना ग्राहकका लागि राजमार्गका विभिन्न स्थानमा ह्युन्डई गाडीको फ्री चेकअप क्याम्प स्थापना गरेको छ।  नेपालीको महान चाड दसैँमा आफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने उद्देश्यले आफ्नो ह्युन्डई गाडीमा घर फर्किंदै गरेका ग्राहकलाई लक्षित गरी आयोजना गरिएको यस क्याम्पमा ग्राहकले आफ्नो ह्युन्डई गाडीको फ्री चेकअप क्याम्प गराउनुका साथै आवश्यक लुब्रिकेन्ट तथा कुलान्टको मात्रा कम भएमा कम्पनीले निःशुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ। 

यो योजनाअन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड ९काँकड्भिट्टा रोड), इटहरी (मिलन चोक), कुरिनटार (सिरीन हाईवे), भरतपुर (बाल मन्दिर चोक), चौराहा(बुटवल, नेपालगन्ज (कोहलपुर चोक), धनगढी (अत्तरिया चोक), वीरगन्ज (पतलैया चोक) र हेटौँडा (बाइपास मार्ग, कपुर कम्पलेक्स) हरुमा फ्री चेकअप क्याम्प प्वइन्टको स्थापना गरिेएको छ।

यो कार्यक्रम असोज २४ देखि २६ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।