काठमाण्डौ । काठमाण्डौ उपत्यकामा एकैदिन २६०७ कोरोना संक्रमित थपिएका छन् । 

यस्तै, गत २४ घण्टामा देशभर ५ हजार ८७ संक्रमित थपिएका छन् । 

परीक्षणको दायरा बिस्तार गरिएसँगै संक्रमितहरुको संख्या ह्वात्तै बढेको हो । 

देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा संक्रमितको संख्या ह्वात्तै बढेको हो । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ । यो अवधिमा ३०६ जना संक्रमणमुक्त भएका छन् । 

ह्वात्तै संख्या बढेसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३ पुगेको छ ।