काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकका अनुसार ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजोको तथ्यांकअनुसार ४३८ जनामा संक्रमण पुष्टि भएको थियो। यो हिसाबले हिजोको तुलनामा आज ४१.५५ प्रतिशत बढीमा कोरोना पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा कुल ३ हजार १९५ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

यो अवधिमा थप २९७ जना निको भएर डिस्चार्ज भएका छन्। पछिल्लो २४ घन्टामा थप १ जनाको मृत्यु भएको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको छ।