काठमाण्डौ । कोरोना संक्रमण फेरि तीव्रगतिमा फैलिन थालेको छ। 

स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टाको १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो सार्वजनिक गरिएको तथ्यांकअनुसार १०४ जनामा कोरोना पुष्टि भएको थियो। यो हिसाबले कोरोना संक्रमण फेरि तीव्रगतिमा फैलिन थालेको प्रस्ट हुन्छ।

आज सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप २ जनाको मृत्यु भएको छ। अघिल्लो दिन १ जनाको मृत्यु भएको थियो। 

पछिल्लो २४ घन्टामा २ हजार २९१ नमुनामध्ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो।

योसँगै सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ। हाल संस्थागत आइसोलेसनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन्।