काठमाण्डौ । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मालिक कम्पनी मेटाले १० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। नोभेम्बर २०२२ पछि मेटाले यति ठूलो संख्यामा कर्मचारी कटौती गर्न लागेको हो।
त्यतिबेला कम्पनीले ११ हजार जनालाई जागिरबाट हटाएको थियो। मेटाका प्रमुख कार्यकारी तथा संस्थापक मार्क जुकरबर्गले यो निर्णय निकै कठिन तर आवश्यक रहेको बताएका छन्।
१० हजार जागिर बन्द गर्नुका साथै कम्पनीमा ५ हजार दरबन्दी खाली राखिनेछ। जुकरबर्गले कर्मचारीलाई सन्देशमा लेखेका छन्, ‘२०२२ मा कम्पनीले आफ्नो राजस्वमा उल्लेखनीय गिरावट आएको थाहा पाएपछि कम्पनीलाई झट्का लाग्यो।’
जुकरबर्गले अमेरिकामा बढेको ब्याजदर, विश्वको अस्थिरता र नियामक कानुनमा भएको वृद्धिले आम्दानीमा गिरावट आएको बताए। जुकरबर्गले भनेका छन्, ‘मलाई लाग्छ कि हामी नयाँ आर्थिक अवस्थासँग जुध्न तयार हुनुपर्छ किनकि यो अवधि अलि लामो हुनेछ।’
मेटाको यो कदम यस्तो समयमा आएको हो जब गुगल र अमेजनजस्ता ठूला कम्पनीले पनि यस्तै समस्याको सामना गरिरहेका छन्।
यस वर्षको सुरुमा अमेजनले १८ हजार जागिर खारेज गर्ने घोषणा गरेको थियो। ‘कोरोना महामारी’ को समयमा ‘अनिश्चित अर्थतन्त्र’ र अव्यवस्थित रोजगारी सिर्जनाका कारण यस्तो गर्नुपरेको कम्पनीले जनाएको छ।
गुगलको मालिक अल्फाबेटले पनि १२ हजार रोजगारी कटौती गरेको थियो। –एजेन्सी
5 minutes ago
11 minutes ago
20 minutes ago
28 minutes ago
41 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago