काठमाण्डौ। पाकिस्तानको क्रिकेट बोर्डले आफ्ना थप सात खेलाडीलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ।

थप संक्रमित हुने खेलाडीमा फखर जमान, इमरान खान, काशिक भट्टी, मोहमद हफिज, मोहमद हसनैन, मोहमद रिजवान र वहाव रिहाज छन्। यीसँगै संक्रमित हुने क्रिकेट खेलाडीको संख्या १० पुगेको छ। 

यसअघि गत सोमबार बोर्डले शादब खान, हारिफ रुउफ र हैदर अलि पनि कोरोनाबाट संक्रकित भएको पुष्टि गरेको थियो। 

अब कोरोना परीक्षणमा नेगेटिभ आएपछि मात्र खेलाडीहरुलाई यही जुन २८ मा क्रिकेट खेल्न इंग्ल्यान्ड पठाइने बोर्डले जनाएको छ। पाकिस्तान क्रिकेट टिमले इंग्ल्यान्डसँग अगस्त महिनामा तीनवटा टेस्ट र तीनवटा टी २० क्रिकेट खेल्ने प्रस्ताव गरिएको छ। 

पाकिस्तानमा कोरोना संक्रमण लगातार बढिरहेको छ। अहिलेसम्म पाकिस्तानमा ८५ हजारभन्दा धेरै मानिसहरु कोरोना संक्रमणको सिकार भइसकेका छन् भने मृतकको संख्या पनि ३ हजार ९०० भन्दा धेरै पुगिसकेको छ। – एजेन्सी