काठमाण्डौ । नेपालकै प्रतिष्ठित एवं अग्रणी ओपीसी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ।

शिवम् सिमेन्टले स्थापनाकालदेखि हाल २०७९ असार मसान्तसम्मको छोटो अवधिमा नै नेपालकै सर्वाधिक ओपीसी सिमेन्ट बिक्री गर्ने उद्योग बन्न सफल भएको हो।  

शिवम् सिमेन्ट एकमात्र ओपीसी उत्पादन गर्ने नेपालकै असली ओपीसी सिमेन्ट हो। ओपीसी मात्र उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुंगा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुंगाबाट गुणस्तरीय ओपीसी सिमेन्टमात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ। 

उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आईरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलोपटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो। शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौँ ग्राहकको पहिलो रोजाइमा पर्दै आइरहेको छ। 

व्यक्तिगत, व्यावसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौँ संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समयदेखि महत्वपूर्ण भूमिका प्रस्तुत गर्दै आइरहेको छ। 

नेपालकै एकमात्र असली ओपीसी सिमेन्टको उपनामबाट समेत परिचित शिवम् सिमेन्टलाई ग्राहकबाट प्राप्त साथ, विश्वास र भरोसाले गर्दा नै आज सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्टको सूचीमा अग्रस्थान हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ। यस सफलताको सम्पूर्ण श्रेय ग्राहक एवं वितरकलाई प्रदान गर्दै गुणस्तरद्वारा जोडिएको आपसी अटुट सम्बन्धलाई अझै प्रगाढ अनि विस्तार गर्दै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादनमार्फत यस सम्बन्धलाई थप उचाइतर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ। 

‘भरोसा अटुट सम्बन्धको’, ‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’, ‘गुणस्तरको पहिचान हो शिवम्’ तथा ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्सले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ। 

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ। उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो।

नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ।