काठमाण्डौ । ट्विटर, मेटा र अन्य धेरै प्राविधिक कम्पनीहरुपछि माइक्रोसफ्टले अनिश्चित आर्थिक अवस्थाका कारण ठूलो संख्यामा कटौती गर्ने तयारी गरिरहेको छ। 

द भर्जको रिपोर्टअनुसार माइक्रोसफ्टले यो हप्ता ५ प्रतिशत करिब ११ हजार कर्मचारीलाई जागिरबाट हटाउन सक्छ। इन्जिनियरिङ डिभिजनका व्यक्तिहरु मुख्य रुपमा यो कटौतीबाट प्रभावित हुनेछन्।

गत जुन ३० सम्म कम्पनीमा २ लाख २१ हजार पूर्णकालीन कर्मचारीहरु थिए। जसमा अमेरिकामा १ लाख २२ हजार र अन्तर्राष्ट्रिय रुपमा ९९ हजार छन्। गत वर्षको अक्टोबरमा माइक्रोसफ्टले सबै डिभिजनमा करिब १ हजार कर्मचारीलाई निकालेको थियो।

माइक्रोसफ्टले केही समयअघिदेखि नै कर्मचारी कटौती गर्ने संकेत गर्दै आएको छ। कम्पनीका सीईओ सत्य नडेलाले सीएनबीसीसँगको अन्तर्वार्तामा माइक्रोसफ्ट विश्वव्यापी परिवर्तनबाट अछुतो नरहेको र आगामी २ वर्ष टेक कम्पनीहरुका लागि चुनौतीपूर्ण हुने बताएका थिए। –एजेन्सी