काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप १२ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १८ हजार १०३ जनाको पीसीआर र ७ हजार ८०६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै हालसम्म नेपालमा १० लाख ४५ हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा थप ३ हजार ४० जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ८ लाख २७ हजार २७९ पुगेको छ। निको हुने दर ८९.२ प्रतिशत रहेको छ। 

पछिल्लो २४ घन्टामा थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ११ हजार ६६७ पुगेको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ रहेको छ।