काठमाण्डो । कुमारी बैंकको १४ लाख ९० हजार कित्ता सेयर आज (वैशाख १९ गते)बाट बिक्रीमा राखिएको छ।
बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म तथा कम्पनी र संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम प्रतिकित्ता ११९ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
सेयर खरिदका लागि लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ। आवेदन दिने अन्तिम मिति जेठ २३ गतेसम्म तोकिएको छ।
9 hours ago
19 hours ago
19 hours ago
21 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago