काठमाण्डौ । दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना अन्तर्गत दोस्रो बम्पर उपहार बुद्धनगरका रमेश तण्डुकारले पाएका छन् । 

तण्डुकारले ताम्राकार कम्प्लेक्समा जारी लेनेभो मोटोरोला ताम्राकार मोबाइल महोत्सबको समयमा ताम्राकार मोबाइल कम्प्लेक्समा रहेको पसलबाट मोबाइल खरिद गरेका थिए । 

ताम्राकारकै बम्पर उपहार योजना अन्तर्गतको पहिलो मोटरसाइकल ससेन्द्र बिक्रम चौधरीले पाएका थिए । ताम्राकारको दशैं तिहार उपहार योजना अन्तर्गत ५०  जनाले मोबाइल, ६५ वटा पावर बैंक र ५० भन्दा बढी ब्लुतुथ बितरण गरिएको मोबाइल ब्यापार संघ ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले जानकारी दिए । यो पटकको मेला सफल बनेको बताउँदै ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले मोबाइल पारखीहरुका वीच ताम्राकार मोबाइल बजारले अझ बिश्वास बढाएको विचार ब्यक्त गरे । 

आफ्नो परिवारमा आबश्यक पर्ने  सबै मोबाइल ताम्राकार बाटै किनेको बताउने स्कुटर बिजेता तण्डुकारले ताम्राकार बजार नै सबैभन्दा बढी बिश्वासिलो बजार भएको बताए । 

लेनेभो र मोटोरोलाले मुख्य प्रायोजन गरेको मोबाइल महोत्सबमा मोटोरोला मोबाइलले ऐतिहासिक कारोबार गरेको बताउँदै ब्यापार संघका सचिब गुरुदत्त शर्माले मेला अबधीभरमा लेनेभोको र मोटोरोलाका २ हजार भन्दा धेरै सेटको कारोबार भएकोे जानकारी दिए ।