काठमाण्डौ । दिनभर नकारात्मक रहेको सेयर बजार आज दोहोरो अंकले घटेर बन्द भएको छ।
१९१५ बाट खुलेको बजार १८८१ सम्म आएको थियो। यस हिसाबले बजारमा ३५ अंकको उतारचढाव भएको छ। यो विन्दु भनेको अघिल्लोपटकको सबैभन्दा उच्च विन्दु हो। आज बजार यही विन्दुबाट पुनः केही अंक फर्केर बन्द भएको छ।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस मारुबुजु क्यान्डल वनेको छ। बजारलाई ट्रेन्ड लाइनमार्फत हेर्दा अघिल्लोपटकको न्यून विन्दुहरुलाई जोड्दा बन्ने बलियो सपोर्ट १९९० बाट तल झरेको छ। तर, बजार यसअघिको उच्च विन्दु १८८१ को मनोवैज्ञानिक विन्दु नजिकबाट केही अंक फर्केर बन्द भएको छ। बोलिंगर ब्यान्डमार्फत बजारलाई हेर्दा आज बजारले पुनः तल्लो विन्दुमा छोएको छ।
त्यसैगरी म्याक्डीमार्फत हेर्दा हिस्टोग्राम नेगेटिभ र बोल्ड बनेको छ। एमएसीडी लाइन र सिग्नल लाइनको दूरी केही बढेको छ। आरएसआई पुनः ओभर सोल्ड जोन ३० को तहमा पुगेको छ। यसले बजारमा तीव्र बिक्री दबाब परेको देखिन्छ।
आज घटेको बजार यदि आगामी दिनमा पनि घटेमा अबको नजिकको सपोर्ट भनेको १८५० र १८०६ को विन्दु हो। त्यसैगरी बढेमा बजारले १९६० र २००८ को विन्दुमा प्रतिरोधको सामना गर्नेछ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कुनै कारोबारका लागि भने सिफारिस होइन।
19 minutes ago
25 minutes ago
42 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago