काठमाण्डौ । फिफा विश्वकप २०२२ को फाइनल खेल डिसेम्बर १८ अर्थात आइतबार नेपाली समयअनुसार राति ८.४५ बजे खेलाइनेछ। यस वर्षको फाइनल खेल अर्जेन्टिना र फ्रान्सबीच हुनेछ । 

आज हामी तपाइँलाई हाम्रो रिपोर्टमा बताउँछौं कि फिफा विश्वकप जित्ने टोली र उपविजेता टोलीलाई कति पुरस्कार राशि दिइनेछ। यससँगै फिफा विश्वकप ट्रफीको बारेमा पनि बताउनेछौँ, यो ट्रफी किन विशेष छ भनेर ।

फिफा विश्वकप ट्रफी विश्वको सबैभन्दा महँगो खेल ट्रफी हो। यसको लागत २३० करोड रुपैयाँ बराबरको छ र यो १८ क्यारेट सुनबाट बनेको छ। जसको तौल करिब ६ किलो (१३ पाउण्ड) छ। यस्तै, यसको उचाइ ३७ सेन्टिमिटर भन्दा केही कम छ। 

यो ट्रफी फिफा विश्वकप जित्ने टोलीलाई दिइन्छ। हालसम्म कुनै पनि एसियाली राष्ट्रले फिफा विश्वकपको उपाधि जित्न सकेको छैन ।
ब्राजिलले सबैभन्दा धेरै उपाधि जितेको छ ।

हालसम्म ब्राजिलले सबैभन्दा बढी ५ पटक फिफा विश्वकपको उपाधि जितेको छ ।

इटाली र जर्मनीले ४–४ पटक यो ट्रफी कब्जा गरेका छन् ।

अर्जेन्टिना, फ्रान्स र उरुग्वेले २–२ पटक फिफा विश्वकप ट्रफी जितेका छन् ।

इङ्ल्यान्ड र स्पेनले एक–एक पटक फिफा विश्वकप ट्रफी जितेका छन् ।

विजेताले कति पुरस्कार पाउछन् ?
मिडिया रिपोर्टका अनुसार फिफा विश्वकपको उपाधि जित्ने टोलीलाई ४२ मिलियन डलर र उपविजेता टोलीलाई ३ करोड डलर पुरस्कार राशि प्रदान गरिनेछ । 

यसलाई नेपाली रुपैयाँमा परिणत गरेमा विजेताले ५ अर्ब ५६ करोड हाराहारी हुन आउँछ । 

उपविजेता टोलीलाई नेपाली रुपैयाँ करिब ४ अर्ब बराबरको पुरस्कार राशि प्रदान गरिनेछ । 

त्यस्तै तेस्रो बन्ने टोलीले २७ मिलियन डलर र चौथो टोलीले २५ मिलियन डलर पाउनेछन् ।

कसले कति पुरस्कार पाउँछ ? सूची हेरौं:

  • विश्व कप विजेता – ४२ मिलियन डलर
  • विश्व कप उपविजेता – ३० मिलियन डलर
  • तेस्रो स्थान टोली – २७ मिलियन डलर
  • चौथो स्थानमा पुग्ने टोली –२५ मिलियन डलर
  • सेमिफाइनलमा हार्ने सबै टोलीलाई १७–१७ मिलियन डलर
  • क्वार्टरफाइनलमा हार्ने सबै टोलीलाई १३–१३ मिलियन डलर
  • सबै राउन्ड अफ १६ मा पर्न सफल सबै ९–९ मिलियन डलर