काठमाण्डौ । दोस्रो बजारमा आज पनि दिनभर नै बिक्री दबाब देखियो। दिनभरको कारोबारमा १९३३ को विन्दुसम्म उच्च कारोबार भएको थियो भने न्यून विन्दु १९०६ सम्म आएर बजार १९१५ मा बन्द भएको छ।
प्राविधिक रुपमा आजको बजारलाई क्यान्डल स्टिकबाट हेर्दा बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ।
बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा केही दिनदेखि १९३० मा टिकेको बजार आज त्यहाँबाट पनि तल झरेको छ। यसले बजार लोवर ब्यान्डतर्फ नै आकर्षित भएको बुझिन्छ।
म्याक्डीमा एमएसीडी लाइन र सिग्नल लाइनबीचको दूरी आज केही बढेको छ। आरएसआई पनि ओभर सोल्ड जोन ३४ को तहमा रहेको छ।
बोलिंगर ब्यान्डबाट हेर्दा बजारको अबको नजिकको बलियो सपोर्ट १८९० मा देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
15 hours ago
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago
18 hours ago