काठमाण्डौ । यो साता लगतार २ दिन घटेको बजारमा आज दिनभरको कारोबारमा समान्य उतारचढावपछि झिनो अंकको बढोत्तरी भएको छ।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा नेप्सेको चार्टमा अनिर्णयको क्यान्डल बनेको छ। यो सातामा बनेका २ वटा राता क्यान्डलपछि बनेको आजको डोजी क्यान्डलले बजार घट्न रोकिन सक्ने अनुमान लगाउन सकिन्छ। तर, यसको भ्यालिडिटीका लागि भने आगामी कारोबारलाई नजिकबाट नियाल्नुपर्ने हुन्छ।
आजको बजारले करिब १९४० को न्यून विन्दुमा सपोर्ट लिएको देखिन्छ। आज दिनभरको कारोबारमा बजार बढेर करिब १९६५ सम्म माथि पुगेको देखिन्छ। यसलाई दैनिक क्यान्डलमार्फत हेर्दा भने ‘डोजी क्यान्डल’ बनेको देखिन्छ। यो भनेको अनिर्णयको संकेत अर्थात लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेका छन् भन्ने हो।
यदि आगामी कारोबारमा बजार बढेर १९६५ भन्दा माथि गएमा बजारको माथिको यात्रा तय हुँदै गरेको र १९४० को विन्दुभन्दा तल गएमा बजारमा केही बिक्री दबाब रहेको भनेर बुझ्न सकिन्छ।
यसअघि पनि बजारले पिभट प्वइन्टको पहिलो सपोर्ट विन्दु १९३८ मा सपोर्ट लिएर फर्केको थियो।
बोलिंगर ब्यान्डको आवरली चार्टमार्फत हेर्दा भने आज बजारले मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको छ। म्याक्डीमार्फत हेर्दा बजार खासै कुनै सुधार भएको बजारमा देखिँदैन। आरएसआई ४१ को तहमा रहेको देखिन्छ।
समग्रमा आज बजारलाई एकखालको अनिणर्यको संकेत भन्न सकिन्छ। आज कारोबार पनि करिब १ अर्ब रुपैयाँआसपासको मात्रै भएकोले बजार साइडवेजमा चलेको भन्न सकिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
8 minutes ago
16 minutes ago
29 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago