काठमाण्डौ । १९७४ एडीले आफ्नो नयाँ गीत “साथीभाइ” रिलिज गरेको छ। यसमा विश्वव्यापी लोकप्रिय ‘द चेन् स्मोकर्स्’ को हिट गीत “होप” को संगीत प्रयोग गरिएको छ।

उक्त नयाँ ट्रयाक अब युट्युबमा उपलब्ध रहेको छ। जहाँ दर्शकहरुले पूरा गीतको मजा लिन सक्नेछन्।

विश्वव्यापी प्रचलित कलाकार जोडी ‘द चेन् स्मोकर्स’ सँग नेपालको लोकप्रिय फोल्क् रक ब्यान्ड १९७४ एडीले सांगीतिक सहकार्य गर्दै संगीतप्रेमीहरुलाई यस टुर्बोर्ग ओपनको अभियानतर्फ प्रोत्साहित गर्देछन्। उक्त नयाँ ट्रयाकमा १९७४ एडीको अद्वितीय अवाजलाई चेन् स्मोकर्सको गीत “होप” को संगीतसँग मिलाइएको छ । जुन हालसम्म १ अर्बभन्दा बढी स्ट्रिम प्राप्त गरेको ‘सिकबोई’ एल्बमबाट रहेको छ।

१९७४ एडी भन्छन्, “यो सहकार्यका लागि काम गर्नु हाम्रा लागि निकै रमाइलो अनुभव भयो। महामारी र विशेष परिस्थितीको वातावरणमा हामीले पहिलो पटक यसरी कुनै गीतमा काम गर्यौँ। अनुभव एकै साथमा रमाइलो र चुनौतीपूर्ण थियो। यस गीतमा सकरात्मकता र एकताको सन्देश निकै रमाइलो शैलीमा पेस गरिएको छ। हाम्रो दर्शकहरुले यो गीत मन पराउनुहुनेछ भन्ने आशा गर्छौं।”

द चेनस्मोकर्स्का एलेक्स् पालले १९७४ एडीसँगको सहकार्यबारे भने, “त्यस क्षेत्रको निकै सफल समूहसँग काम गर्न पाउने थाहा पाउँदा हामी निकै उत्सुक छौँ। यस प्रोजेक्टको मुख्य लक्ष्य पनि यही हो।”

उनले थपे, “टुबोर्गले विश्वको दुई कुनामा रहेका कलाकारहरुलाई जोड्न सफल बनाइरहेको छ । नत्र भने हामी दुवैलाई एकअर्कालाई चिन्न वा सम्पर्कमा रहन निकै गाह्रो हुन्थ्यो। मलाई लाग्छ कि यो निकै राम्रो कुरा हो र नयाँ गीतको लागी निकै उत्सुक छु।”

अब नेपालका संगीतप्रेमीहरुले #jointhebeat का साथमा समाजिक सञ्जालमा भएको नयाँ ए आर फिल्टर प्रयोग गरी १९७४ एडीको उक्त नयाँ ट्रयाकको मजा लिएको आफ्नो भिडियो अपलोड गर्न सकनेछन्।

यो वर्षको टुर्वोग ओपन अभियानको धेरै नँया रिलिजहरु मध्ये ‘साथीभाइ’ एक हो। यो ट्रयाकमा युरोप र एसियाबाट आएको विभिन्न संगितशैली रहनेछ । जुन पप, रक, हिप–हप र लोक विधाहरुमा हुनेछन्।