काठमाण्डौ । मारुती सुजुकीले आफ्नो सबैभन्दा बढी बिक्री हुने WagonR लाई जनवरी २३ मा नयाँ अवतारमा भारतमा लञ्च गर्दैछ । त्यहाँ लञ्च भएको केही दिनभित्रै यो मोडल नेपाली बजारमा समेत भित्रिनेछ ।

यो मोडलको नयाँ लुक्स देखेर तपाई निकै आश्चर्यमा पर्न सक्नुहुनेछ, किनभने कम्पनीले यसमा निकै ठूला परिवर्तनहरु गरेको छ । 

यो पहिलाभन्दा अझै ठूलो र फराकिलो स्पेशसहितको हुनेछ । यो नयाँ कारको परीक्षण भारतमा भइरहेको मिडिया रिपोर्टहरुमा जनाइएको छ । नयाँ लुक्समा आउन लागेको यो WagonR भारतमा तेश्रो पिढीको कार हो ।

यो कार जापानको बजारमा भने यसअघिदेखि नै बिक्री भइरहेको छ । 

कारटोकमा छापिएको एक समाचार अनुसार नयाँ वेगनआरको आकार पहिला भन्दा ठूलो छ । यसको लम्बाई समेत पहिला भन्दा बढी नै छ । 

यसका झ्यालको साइज समेत ठूलो छ । यस्तै, पुच्छरको बत्तीको ठाउँमा समेत सामान्य मोडिफाई गरिएको छ । यस्तै, ठूलो बत्तीको आकार क्वाड्रलेट्रल रहेको छ । टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम समेत निकै ठूलो नै हुनेछ । 

यसमा सुरक्षा विशेषताहरुमा विशेष ध्यान दिइएको समाचारमा उल्लेख छ । यसमा सिट बेल्ट, वार्निङ लाइट, रिभर्स पार्किङ सेन्सरसहित दुईवटा एयरब्याग समेत छ ।

पाँच सिटे नयाँ वेगनआरमा टप इन्ड भेरिएन्टमा १.२ लिटरको सिरिज इञ्जिन रहनेछ । यस्तो इञ्जिनको प्रयोग स्वीफ्ट, डिजायर तथा बलेनोमा समेत गरिएको छ । 

यो ८२ विएचपीको पिकपावर उत्पादन गर्नसक्ने क्षमताको हुनेछ भने ११३ एनएम पीक टर्क समेत दिनेछ । 

सन् २०१९ मा आउने यो नयाँ वेगनआरको भारतमा अनुमानित मूल्य ४.५ लाख भारुदेखि ५.५ लाख भारुको बीचमा हुने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

स्मरणरहोस्, नयाँ वर्ष २०१९ मा मारुती सुजुकीको सबैभन्दा बढी बिक्ने वेगनआरको नयाँ अवतारको मुख्य प्रतिस्पर्धा टाटा मोटर्सको टियागो र हुण्डाईको न्यू स्यान्ट्रोसँग हुनेछ ।