काठमाण्डौ । सेयर बजारमा बुधबार उछाल आएको छ। आज दिनभर सामान्य अंकले बढेको बजारमा कारोबारको चौथो घन्टामा भने एकाएक भोलुमसहित बढोत्तरी भएको हो।
योसँगै यसअघिको प्रतिरोध २०८० को विन्दुलाई पनि आज भोलुमसहित ब्रेक–आउट गरेर बजार २१२५ मा बन्द भएको छ। (हेर्नुहोस् हरियो एरो)
आज कारोबारको अन्तिम घन्टामा बजारले बुलिस मारुबुजु क्यान्डल बनाएको छ। यसले बजार थप बढ्ने संकेत गर्छ।
बजारले जहिले पनि घट्दा पनि कुनै विन्दुमा सपोर्ट लिने र बढ्दा पनि कुनै विन्दुमा प्रतिरोध सामना गर्छ। करिब १८५० को विन्दुबाट लिएको माथिको यात्रा लगभग हरेक १०० को विन्दुमा प्रतिरोध सामना गरेको देखिन्छ। यस हिसाबले बजारले अब यसअघिको प्रतिरोधको विन्दु २२३० बलियो प्रतिरोध सामना गर्न सक्छ।
त्यसपछि पनि बजार थप मजबुत भएर माथि जान्छ भने बजारले अर्को प्रतिरोध भनेको २३७० को आसपासमा सामना गर्न सक्छ। यदि करेक्सन आएको खण्डमा भने बजारले २०३० र २००० को विन्दुमा बलियो टेवा लिन सक्ने देखिन्छ।
बोलिंगर ब्यान्डमार्फत हेर्दा यसअघिको २ कारोबार दिनमा बनेका सुटिङ स्टारलाई बजारले आज इन्भ्यालिड गरेको छ।
म्याक्डीमार्फत हेर्दा गत २७ डिसेम्बरमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै छ। आरएसआई पनि ७२ को ओभरबट जोनमा पुगेको छ। बुलिस बजारमा आरएसआई लामो समय पनि ओभरबट जोनमा पनि रहन सक्छ।
यसका साथै इचिमोकु र सुपर ट्रेन्डमार्फत नियाल्दा पनि बजार बुलिस यात्रामा रहेको प्रस्टै देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
14 minutes ago
23 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago