काठमाण्डौ । चार विदेशीसहित १९ यात्रु लिएर पोखराबाटछ जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । 

पोखरा विमानस्थलबाट जोमसोमका लागि आइतबार बिहान ९ः५५ बजे  उडेको नाइन एन(एइटी कलसाइनको ट्वीनअटर विमान सम्पर्कविहीन भएको हो । 

तारा एयरको प्रवक्ता सुदर्शन बर्तौलाकाअनुसार पोखराबाट उडेको १५ मिनेटमै विमान सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीनपछि विमानको खोजी कार्यलाई तीव्र  पारिएको उनको भनाई छ । 

नागरिक उड्डयन प्राधिकरणले समेत तारा एयरको विमानसँगको सम्पर्कविच्छेद भएको र विमान खोजी कार्यलाई तीव्र पारिएको प्रष्ट पारेको छ । 

तारा एयरकाअनुसार पोखराबाट जोमसोमका लागि उडेको सो विमानमा १३ नेपाली, २ विदेशी र  भारतीय यात्रु रहेका थिए । विमानमा चालक दलका ३ सदस्य रहेका छन् ।