Internet Photo
नवलपरासी । जिल्लामा कार्यालयको लापरबाहीका कारण जिल्ला जनस्वास्थ्य कार्यालय परिसरमा रु २२ लाख बरारबरको औषधि जमिन मुनी गाडिएको छ ।
औषधिको म्याद नाघेपछि औषधि कार्यालय परिसरमा गाडिएको हो । कार्यालयले औषधि खरिद प्रक्रियामा ढिलाइ गरेपछि छोटो समयमा बिरामीले उपभोग गर्न नपाई सो औषधि गाड्नु परेको हो । सरकारले निःशुल्क औषधि उपलब्ध गराउने घोषणा गरेपनि खरिद प्रक्रियामा ढिलाइ हुने गरेको छ ।
एउटै कम्पाउण्डभित्र रहेको पृथ्वीचन्द अस्पतालले आन्तरिक स्रोतबाट खरिद गरी ७० प्रकारको औषधिको ठाउँमा आठ प्रकारको मात्र वितरण गरिरहेको छ । तर सोही कम्पाउन्डभित्रै रहेको जिल्ला स्वास्थ्य कार्यालयले औषधि जमिनमुनी गाडेको छ । लाखौँ मूल्यको औषधि गाडिएको विषयमा छानबिन गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भिटामिन बि कम्पलेक्स रु १७ लाख, छारे रोगमा प्रयोग गरिने फिनोवार भिटोन रु ८६ हजार ५९३, पिसाव पोल्ने र बन्द हुने बिरामीका लागि फुर्सेमाइट रु एक लाख ९२ हजार, सल्फामेटाजोड रु ८० हजार, प्रसूति हुँदा प्रयोग हुने म्यागनेसियन सलफेट सुई रु १२ हजार तथा इन्सुलिन सुई रु ३६ हजार बरारबरको औषधि गाडिएको छ ।
म्याद नाघेको औषधि गाडिएको कार्यालयका स्टोर प्रमुख शारदा गौतमले बताउनुभयो । आव २०६८÷६९ मा केन्द्रीय मेडिकल स्टोर पथलैयाले पठाएको औषधि गाडिएको उहाँको भनाइ छ । मेडिकल स्टोरले छमहिना मात्र म्याद भएको करिब रु ५० लाख मूल्यको भिटामिन बि कम्पलेक्स पठाएकोमा माग अनुसारको औषधि बाँडिएको र बाँकी म्याद सकिएको औषधि गोदाममा भण्डारण गरी राखिएको कार्यालयले जनाएको छ । अहिले केन्द्रबाट स्टोर व्यस्थापन गर्न र म्याद सकिएको औषधि नष्ट गर्न निर्देशन आएका कारण औषधि गाड्नु परेको बताइएको छ । रासस
8 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago