काठमाण्डौ । कुमारी बैंकको २ लाख कित्ता बढी सेयर आजबाट बिक्रीमा राखिएको छ।
कुमारीको बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ३ हजार ८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। बैंकले राजनप्रसाद अमात्यको नाममा रहेको २ लाख कित्ता र टिकाराम सापकोटाको नाममा रहेको ३ हजार ८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले नै खरिद आवेदन दिन पाउनेछन्।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय वा कुमारी क्यापिटलको कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन्। तोकिएको अवधिमा खरिद आवेदन नपरेको खण्डमा यो सेयर प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
यसैगरी कुमारी बैंकको ७२ हजार ६४४ कित्ता संस्थापक सेयर आउँदो वैशाख ५ गतेबाट बिक्रीमा राखिने भएको छ। यो सेयरमा भने विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लगानीकर्ताले यसमा वैशाख ११ गतेसम्म आवेदन पेस गर्न सक्नेछन्। बोलपत्र काठमाण्डौको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलमा पेस गर्नुपर्नेछ।
11 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
15 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago