काठमाण्डौ । कुमारी बैंकको ३ लाख बढी कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको ३ लाख १६ हजार १४० कित्ता सेयर बिक्रीमा राखिएको छ। यो लिलामी सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। यसका लागि संस्थापक सेयरधनीहरुले आफूले काठमाण्डौको नक्सालस्थित बीओके क्यापिटल मार्केटमा आफूले लिन चाहेको सेयर संख्या र प्रतिकित्ता दररेट खुलाई बोलपत्र पेस गर्नुपर्नेछ।
10 hours ago
20 hours ago
20 hours ago
22 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago