काठमाण्डौ । भारतीय कार बजारमा तीव्र गतिमा बढिरहेको टाटा मोटर्सले एकपछि अर्को उपलब्धि हासिल गरिरहेको छ।
गत शुक्रबार कम्पनीले ५० लाख सवारीसाधनको उत्पादनको आँकडा पार गर्दै अर्को कीर्तिमान कायम गरेको छ। टाटा समूहका संस्थापक जमशेदजी टाटाको १८३ औँ वार्षिकोत्सवका अवसरमा कम्पनीले यो उपलब्धि हासिल गरेको हो।
उक्त अवसरमा कर्मचारीले कम्पनीको न्यू फोरएभर रेन्जका कारबाट जमिनमा ‘५० लाख’ लेखेका थिए। ५० लाख लेखिएको कारमा अल्ट्रोज, नेक्सन, पञ्च, टियागो, टिगोर, ह्यारियर र सफारी रहेका छन्। यो उपलब्धि मनाउन कम्पनीले टाटाका कामदारहरुसँगै ग्राहकका लागि सेलिब्रेसन क्याम्पेन सञ्चालन गर्न लागेको हो।
टाटा मोटर्सले यस सेलिब्रेसन क्याम्पेनअन्तर्गत डिलरसिप र सेल्स आउटलेटहरुमा ब्रान्डेड कपडा र विशेष चिह्न वितरण गर्नेछ। यसका साथै कम्पनीले आफ्ना उत्पादन प्लान्ट र क्षेत्रीय कार्यालयमा महिनाभर मनाउने छ।
उक्त अवसरमा टाटा मोटर्स प्यासेन्जर भेहिकल लिमिटेड र टाटा रेन्ज इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेश चन्द्रले यो यात्रा आरोह–अवरोहले भरिएको बताए। ‘हामीले विगत २ दुई वर्षमा १० लाख सवारीसाधन बनाएका छौँ। कोभिड–१९ महामारी बाहेक सेमीकन्डक्टर चिप्सको अभावका कारण उत्पादन नराम्ररी प्रभावित भएको थियो’, उनले भने, ‘अब उत्पादन र बिक्रीको गति ट्रयाकमा फर्किएको छ। हामी प्रत्येक नयाँ उत्पादन संग भारत परिवर्तन गर्दैछौँ।’
टाटा मोटर्सले आफ्नो पहिलो व्यावसायिक गाडी सन् १९७७ मा पुणेको प्लान्टबाट ल्याएको थियो। सन् १९९१ मा पहिलो यात्री वाहन टाटा सिएरा रोल आउट भएको थियो। टाटा इन्डिकाले ग्राहकहरुबाट राम्रो प्रतिक्रिया पाएको छ। हालसम्म कम्पनीले विभिन्न खण्डमा धेरै मोडल बजारमा ल्याइरहेको छ।
कम्पनीको पोर्टफोलियोमा टाटा सफारी, टाटा सुमो, टाटा इन्डिगो, टाटा ह्यारियर, टाटा पंच, टाटा नेक्सन, टाटा टियागो, टाटा टिगोर, टाटा नानो, टाटा अल्ट्रोजजस्ता धेरै मोडल समावेश छन्। कम्पनीको इलेक्ट्रिक कार क्षेत्रमा सबैभन्दा ठूलो बजार हिस्सा छ। –एजेन्सी
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago