डा. रमेश कँडेल, वृद्धवृद्धा रोग विशेषज्ञ, पाटन अस्पताल

‘होलबडी’ चेकअपका नाममा हुने स्वास्थ्य परीक्षणमा शरीरका सबै अंगको परीक्षण नगरिने भए पनि मुख्य अंगहरुको अवस्थाबारे जानकारी पाउन सकिन्छ । त्यसैले ‘मलाई रोगै लागेको छैन? मलाई के हुन्छ र? बिरामी भएपछि उपचार गराउँला’ जस्ता बाहाना बनाएर आफ्नो शरीरको चेकजाँच नगर्ने हो भने तपाईं थाहै नपाई गम्भीर रोगको शिकार बनिसकेको हुन सक्नु हुन्छ । यसतर्फ बेलैमा सोच्नु जरुरी छ ।

१. पेटको अल्ट्रासाउन्ड एकपटकः पेटभित्रको ठूलो धमनी (उन्डोमिनल एवर्टा) फुल्ने रोग (एनोरिज्म) पत्ता लगाउन ।

२. रक्तचापः उमेर पाको हुँदै जाँदा रक्तचापमा घटबढ आउने भएकाले, समय समयमा ।

३. दिसामा रगतको जाँचः हरेक वर्ष ठूलो आन्द्राको क्यान्सर निदानका लागि ।

४. डिप्रेसनः हरेक पटक अस्पताल पुग्दा ।

५. रगतमा सुगरको मात्राः मधुमेहको निदानका लागि गर्नुपर्छ । कुनै पनि लक्षण नभएकाले कम्तिमा हरेक ३ वर्षमा एकपटक ।

६. तौलः हरेकपटक अस्पताल पुग्दा ।

७. कोलेस्टेरोलः रगतमा चिल्लोको मात्रा थाहा पाउनका लागि, हरेक पाँच वर्षमा कम्तिमा एकपटक ।

८. म्यामोग्राफीः उमेर बढ्दै जाँदा स्तन क्यान्सर हुने जोखिम बढ्ने हुनाले स्तनको अल्ट्रासाउन्ड गर्नुपर्छ । ४० वर्ष कटेका महिलाले हरेक वर्षमा एक पटक गराउँदा राम्रो ।

९. डेक्सा स्याक्नः हड्डीको कमजोरी थाहा पाउन यो प्रविधिबाट जाँच गरिन्छ । ६५ वर्षभन्दा माथिका महिलाले कमसेकम एकपल्ट यो जाँच गराउँदा राम्रो ।

-Swasthyakhabar