काठमाण्डौ । पुरानो नेपाल कस्तो होला ? अहिलेको पुस्तामा यो प्रश्नले कोट्याइरहन्छ । अझ निकै पुरानो नेपालको दृश्य, फोटो देखियो भने त मनै रोमाञ्चक हुन्छ । एक विदेशी नागरिकले ६६ वर्षअघिको नेपालको रोचक दृश्य समेटेर तयार पारेको एक डकुमेन्टी हालै सार्वजनिक गरेका छन् । 

स्वीट्जरल्याण्डका नागरिक टोनी हेगन हालै नेपालको भौगोलिक अवस्थिति र मानिसहरुको मानवशास्त्रीय अध्ययन गर्न नेपाल आएका थिए । उनै टोनी हेगनले करिब ७ दशकअघि सन् १९५० देखि १९६१ सम्म सिङ्गै नेपालको भ्रमण गरेका थिए, जुनबेला उनले नेपालका केही दुर्लभ र रोचक दृश्यहरु समेटेर डकूमेन्टी नै बनाएका हुन् ।  शुरुमा भूगर्भविदका रुपमा नेपालको भौगोलिक सर्वेक्षण गर्न आएका उनी जब मानिसको सम्पर्कमा पुगे त्यसपछि उनी भौगोलिक चट्टानमा भन्दा मानिसको बारेमा अध्ययन गर्न थाले ।

अध्ययनका क्रममा उनी नेपालको तराईदेखि हिमालसम्म पुगे । उनले अध्ययनको केन्द्रबिन्दु जाजरकोट बनाए । अध्ययनपछि उनले जाजरकोटको बारेमा यस्तो लेखेका थिए–‘जाजरकोट गरिब छ, जनता विपन्न छन्, स्वास्थ्य र शैक्षिक अवस्था निकै कमजोर छ, यसैले यहाँको विकासका लागि सडक अनिवार्य छ, सडकमात्र भएर हुँदैन, गाडी पुगेपछि गाडीले सहरसम्म लैजाने उत्पादन पनि जाजरकोटीले गर्नुपर्छ ।’ तिनै टोनी हेगनले निर्माण गरेको ६६ वर्षअघिको रोमाञ्चक दृश्य समेटिएको सोही भिडियो यहाँ प्रस्तुत गरिएको छ ।