काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ६ बैंक तथा बित्तीय संस्थालाई मर्जरको अन्तिम स्वीकृति दिएको छ। 

सोमबार बसेको राष्ट्रबैंक संचालक समितिको बैठकले ग्लोबल आइएमई बैंकलाई रिलायवल डेभलपमेन्ट बैंक गाभ्न अन्तिम स्वीकृति दिएको छ । यस्तै, सांग्रिला विकास बैंक र कसमस विकास बैंक तथा कामना विकास बैंक र सेवा विकास बैंकबीचको मर्जरलाई समेत अन्तिम स्वीकृति दिइएको केन्द्रीय बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । 

मर्जरको अन्तिम स्वीकृति पाएका बैंक तथा बित्तीय संस्थाहरुले केही दिनभित्रै एकीकृत बित्तीय कारोबार थाल्ने बताएका छन् ।