काठमाण्डौ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल९(प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका ७ मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । 

प्रचण्ड र नेपाल पक्षबाट सरकारमा सहभागी मन्त्रीमध्ये ७ जनाले संसद विघटनको विरोध गर्दै सामूहिक राजीनामा दिएका हुन् । 

राजीनामा दिनेहरुमा उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्तिबाहदुर बस्नेत, खानेपानीमन्त्री बिना मगर, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, पर्यटन मन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भूसाल रहेका छन् । 

प्रचण्ड खेमाबाटै सरकारमा सहभागी गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले पनि राजीनामा गरेका छैनन् । उनीहरुलाई ओलीले आफ्नो क्याम्पमा तानेको चर्चा हुने गरेको छ ।