काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ फेरि ७ महिनायताकै उच्चस्तर पुगेको छ। योसँगै सुनको भाउ आइतबार फेरि १ लाख रुपैयाँ नजिक पुगेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार रुपैयाँ कायम भएको छ। 

गत वैशाख १३ गते प्रतितोला फाइन गोल्ड ९९ हजार ३०० र तेजाबी गोल्ड ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन वैशाख १२ गते भने सुनको भाउ १ लाख रुपैयाँ माथि थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख २०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

गत शुक्रबार पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९९ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।