काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भारतको आयोजित १६ औँ ‘अटो एक्सपो २०२३’मा सहभागिता जनाएको छ। 

यो अटो एक्सपो भारतको दिल्लीस्थित ग्रेटर नोइडाको इन्डिया एक्सपो मार्टमा गत पुस २९ गतेदेखि सुरु भएको थियो। एक्सपो आज सम्पन्न भएको छ। 

नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधिमण्डलले उक्त प्रदर्शनीको अवलोकन भ्रमण सम्पन्न गरेको छ। नाडाका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यसहित १५० भन्दा बढी सदस्यले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए।

प्रदर्शनीको प्रमुख आयोजक सोसाइटी अफ इन्डियन म्यानुफ्याक्चरिङ एसोसिएसनले पहिलोपटक आयोजना गरेको ‘अटो ट्रेड डायलग’मा नाडाका अध्यक्ष थापाले नेपालको अटोमोबाइल क्षेत्रको चुनौती र समस्याहरुका बारेमा आफनो धारणा राखेका थिए। 

कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले ‘नेपाल अटो मार्के एन्ड पोलिसी ट्रेन्ड’का विषयमा विशेष प्रस्तुति दिएका थिए। 

कार्यक्रममा सिलोन मोटर टे«डर्स एसोसिएसनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोबाइल एसेम्बलर एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफ्नो देशको अटोमोबाइल व्यवसायका चुनौतीहरुबारे चर्चा गरेका थिए।