काठमाण्डौ। आइएमईले ‘आइएमई डबलको डबलको डबल अफर’ को विजेता घोषणा गरेको छ। 

आइएमई ग्रुपले आज एक कार्यक्रम आयोजना गर्दै चाडपर्वलाई लक्षित गरी ल्याएको ‘डबलको डबलको डबल अफर’ को अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ। आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल र ब्रान्ड एम्बासडरद्वय दिपकराज गिरी र दिपाश्री निरौलाले संयुक्त रुपमा प्रविधिमा आधारिक स्टार्ट बटम क्लिक गरि भाग्यशाली विजेता छनोट गरेका हुन्। जसअनुसार हाल युनाइटेड अरब इमिरेट्समा रोजगारीको सिलसिलामा रहेका जिबेश दाहाल विजेता भएका छन्।

दाहालले अफर अवधिमा आइएमईमार्फत १ लाख ५६ हजार ८९७ रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए। स्किमअनुसार उनले पठाएको रकमको आठ गुणा बढी रकम अर्थात १२ लाख ५२ हजार ४६४ रुपैयाँ उपहारस्वरूप प्राप्त गरेका छन्।

विजेता दाहालकी पत्नी सलिना दाहाललाई फोनमार्फत ब्रान्ड एम्बासडर गिरी र निरौलाले बधाइसमेत ज्ञापन गरेका थिए। उनीहरुले आइएमई ग्रुपसँग एउटा परिवार जसरी सहकार्य गरी काम गर्न पाएकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा अध्यक्ष ढकालले रेमिट्यान्स र आइएमई पर्यायवाची शब्दजस्तै भएको बताए। ‘आजभन्दा २० वर्ष पहिला विदेशबाट फर्मल च्यानलबाट पैसा पठाउन आइएमई सञ्चालन गर्दा गाह्रो थियो। त्यस बेला हामीले जोखिम मोलेर सञ्चालन गरेकाले त्यस बेला अनौपचारिक मध्यमबाट आउने रेमिट्यान्स अहिले औपचारिक मध्यमबाट आउन थालेको छ’, उनले भने।

अहिले नेपालमा भित्रिने रेमिट्यान्स घटेको तर निर्यात बढेको ढकालले बताए। ‘अहिले नेपालमा नागरिकहरुको खपत बढेको छ। रेमिट्यान्सको पैसालाई दीर्घकालीन प्रोजेक्टहरुमा लगानी गर्दा भोलिको दिनमा त्यसबाट राम्रो फाइदा लिन सकिन्छ’, उनले भने। 

आइएमईले असोज १ देखि कात्तिक २६ सम्म कुल ५७ दिनका लागि कायम उक्त सेवाग्राहीमूखी अफर सञ्चालन गरेको थियो। कुल आठ हप्तामा साप्ताहिक २ जनाका दरल १६ जना, कुल दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्रमार्फत १ जना भाग्यशाली विजेता गरी कुल २१ जना लाभान्वित भएको कम्पनीले जनाएको छ। यसका साथै आइएमई पेमार्फत रेमिटेन्सको भुक्तानीमार्फत रेमिटेन्सको भुक्तानी लिँदा २०० रुपैयाँ तत्काल बोनसको व्यवस्थाअन्तर्गत हजारौँ सेवाग्राही यसबाट लाभान्वित भएको कम्पनीले जनाएको छ।