काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले ‘५ को ५’ नामक नयाँ अफर सार्वजनिक गरेको छ।
चैत १ देखि १५ गतेसम्म चल्ने यस अफरमा ग्राहकले विभिन्न माध्यम, जस्तै लिंक गरेको बैंकको खाताबाट, एम–बैंकिङ वा ई–बैंकिङबाट, डेबिट वा क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तीमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरुले सामसुङ ग्यालेक्सी बड्स २ जित्ने मौका पाउनेछन्।
यसका साथै हरेक दिन कम्तीमा १ पटक सोही माध्यमबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ जना भाग्यशाली विजेताले रु. १ हजार जित्ने मौका पनि पाउनेछन्। सो रकम विजेताको वालेटमा लोड हुनेछ।
यो अफर ग्राहकलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इन अर्थात लोड मनी गर्न प्रोत्साहन गर्ने उदेश्यका साथ गरिएको कम्पनीले जनाएको छ।
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago