काठमाण्डौ । एनएमबि बैंकको १ अर्ब ५० रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज (जेठ १३ गते) अन्तिम दिन रहेको छ। 

बैंकले गत जेठ ९ गतेदेखि रु. १ हजार अंकित दरका कुल ४० लाख इकाइ भएको ‘एनएमबि ऊर्जा ऋणपत्र ४%–२०९२÷९३’ निष्कासन गरेको छ। कुल इकाइमध्ये ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६ लाख इकाइ (५ प्रतिशत अर्थात ३० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोसहित) को सार्वजनिक निष्कासन गरिएको हो। 

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा सम्पूर्ण इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। त्यस्तै सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ।

१५ वर्षे यो ऋणपत्रमा लगानीकर्ताले ४ प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ। लगानीकर्ताले अर्धवार्षिक रुपमा ब्याज पाउनेछन्।
यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत वैशाख ९ गते निष्कासन गर्ने अनुमति दिएको थियो। 

इक्रा नेपालले यो ऋणपत्रलाई ‘(इक्रा–आईआर) ए माइनस’ रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने संस्था समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ तथा यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको हुन्छ। 

यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।