काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले साना तथा मझौला कम्पनीको छुट्टै कारोबार हुने एसएमई प्लेटफर्म छिट्टै सञ्चालनमा ल्याइने बताएका छन्। 

ललितपुरको ग्वार्कोमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हमालले अबको ६ सातादेखि ८ साताभित्र एसएमई प्लेटफर्म ल्याइने बताएका हुन्। ‘यसका लागि आवश्यक नियामवली तयार पार्ने काम ९५ प्रतिशत सकिएको छ’, उनले भने, ‘यसमा सञ्चालक समितिले काम गरिरहेको छ।’

अब उक्त निमायवली तयार पारि छिट्टै सेबोनको बोर्ड बैठकबाट स्वीकृत गरी अनुमोदन गर्ने मन्त्रिपरिषदमा पठाउने अध्यक्ष हमालले बताए। एसएमई प्लेटफर्म आएपछि बजारमा सुनौलो युग सुरु हुने उनको भनाइ थियो।