काठमाण्डौ । नेपाल टेलिभिजनमा प्रसारण भइरहेको हास्य रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ मा डिशहोमले प्रायोजन गरेको छ।

हास्य कलाकारहरुको बेजोड प्रस्तुति रहेको कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन’मा डिशहोमले ६ महिनासम्मका लागि प्रायोजन गरेको छ।

कार्यक्रम हरेक सोमबार साँझ ८ः५० बजे नेपाल टेलिभिजनमा प्रसारण भइरहेको छ भने बिहीबार पुनः प्रसारण हुने गर्दछ।