कोरोना महामारीले व्यवसाय थला परेको समय भएका कारण आफ्ना उत्पादनको विज्ञापन गर्ने अवस्था र मुडमा व्यवसायीहरु नभएको अवस्थामा वेलकम एड ग्रुपका अध्यक्ष ‘एडगुरु’ निर्मलराज पौडेल भने आफ्नो व्यवसाय र उत्पादनको दिगो प्रभाव छाडिराख्न मानिसहरुले हेरिरहेका र पढिरहेका माध्यमबाट झन् विज्ञापन गर्नुपर्ने मान्यता राख्छन् । लकडाउनले विज्ञापन बजारमा पारेको प्रत्यक्ष असर, वर्तमान विज्ञापन बजार र यसको भावी दिनका विषयमा केन्द्रित भई 'बिजशालासँग शनिवार'का लागि नरेन्द्रकुमार नगरकोटीले पौडेलसँग कुराकानी गरेका छन्:

लकडाउनमा तपाईंको व्यक्तिगत जीवन कसरी बित्यो ?
हामीले पनि अनुशासित अभिभावक भएर लकडाउन गर्यौँ। अफिसमा पनि पूरै लकडाउन गर्यौँ, दुई महिना। त्यसपछिका दिनमा भने अरुका कारण पनि लकडाउनमा बस्न सकिएन। आफू सुरक्षित कसरी रहने भन्नेमात्रै छ। 

जिन्दगी मेसिन भइसकेको थियो। अब अलिक सिर्जनात्मक समय बन्यो। माइन्ड यसरी डाइभर्ट भयो कि परिवर्तनका लागि यो अवसर भयो, दिमागलाई सर्भिसिङ गर्न।

मैले त ‘अवसर हो यो अवसर’ भन्ने गाना पनि बनाएँ। कलाकारहरुका साथमा म पनि त्यसको भिडियोमा छु।

लकडाउनले विज्ञापन बजारमा कस्तो असर पारेको छ?
वर्तमान परिप्रेक्ष्य हेर्दा लकडाउनले एउटा पाठ चाहिँ पढाएको छ। त्यो के भने हामी आत्मनिर्भर बन्नुपर्छ। अरुको भरमा बस्यौँ भने बाँच्न पनि समस्या हुने रहेछ। त्यसैले यस्तै महामारी आयो भने कसरी बाँच्ने ? कसरी बलियो रहने र आफ्नो बजारमा टिक्ने ? यो विषयमा सोच्न लगाएको छ, हामीलाई। 

विज्ञापन बजारको कुरा गर्दा चाहिँ कोभिड–१९ लाग्नु २ वर्षअघिदेखि नै यसको अवस्था बिग्रेको थियो। स्थायी सरकार आएदेखि नीतिहरु परिवर्तन भए। वार्षिक १५ देखि २० प्रतिशत बढिरहेको बजार खस्कने क्रममा थियो। 

व्यापारीहरुले पनि स्वयम् सिण्डिकेट लागू गरे। मिडिया इन्डस्ट्री बोलोस् भनेर पनि होला उनीहरुको पक्षमा। ब्याज बढेका कारण पनि विज्ञापनमा लगानी घटेको हो।

 

व्यापारीहरुले पनि स्वयम् सिण्डिकेट लागू गरे। मिडिया इन्डस्ट्री बोलोस् भनेर पनि होला उनीहरुको पक्षमा। ब्याज बढेका कारण पनि विज्ञापनमा लगानी घटेको हो।

 

कति खस्केको हो विज्ञापन बजार ?
अब भन्नुस् न, ८ देखि ९ अर्बको विज्ञापन बजार थियो। गएको ४ महिनामा झन्डै ७० प्रतिशतजति व्यापार खस्केको अवस्था छ। उसै त घट्ने क्रम थियो, झन् अहिलेको अवस्थाले त ३० प्रतिशतले मात्र बजार धानेको छ।

यसको सबैभन्दा बढी प्रभाव कस्ता मिडियामा परेको छ ?
छापा माध्यममा प्रत्यक्ष असर पर्यो र बढी पर्यो। समूहमै बसेर काम गर्नुपर्ने, पत्रिका छोयो भने नि कोरोना लाग्ला भन्ने डरका कारण कतिपय पत्रिका नै बन्द भए। 

टेलिभिजन र अनलाइन मिडियामा भने कम प्रभाव पर्यो। यिनीहरुमा आउने विज्ञापन भने त्यस्तो खस्केको पाइँदैन।

लकडाउनका कारण रोजगारी गुमेको अवस्था छ ?
हाम्रोमा अनलाइनमै बसेर काम गर्नुहुन्छ स्टाफहरु। कोही चाहिँ त्यसरी पनि काम गर्ने अवस्थामा हुनुहुन्न।

कतिपयको जागिर पनि गएको समस्या सुनिन आएको छ। हामीले चाहिँ मानसिक तनाव नहोस् भन्ने कुरामा ध्यान दिएर नियमित पे गरिरहेका छौँ।

केही एजेन्सी र मिडियाबाट कामदार हटाएको देखेर, यो संकटमा उनीहरुलाई ‘कर्पोरेट सामाजिक उत्तरदायित्व’ अन्तर्गत भए पनि निश्चित रकम दिइरहेका छौँ।

विज्ञापन एजेन्सीहरुले झेलेका वर्तमानका अन्य चुनौती के छन् ?
मिडियाहरु पनि धेरै बन्द भए। च्याउ उम्रेसरी खोलिएका एजेन्सीहरु बन्द हुन्छन्, अब। ‘सोकल्ड’ एजेन्सीहरुको साइज सानो हुन्छ।

सरकारी अधिकारको दुरुपयोग गरेर काम गर्ने केही हजार झोले एजेन्सी अब बन्द हुन्छन्।

ठगी भएको, आफैँले मिडिया सर्टिफिकेट प्रिन्ट गरेको, पत्रिका आफैँ डमी प्रिन्ट गरेको जस्ता बेथितिहरु नियन्त्रण गर्नु पनि चुनौती हुन्।

कोभिड–१९ को प्रभावपछि एजेन्सीहरुको अबको भूमिका के–कस्ता हुन्छन् ?
तपाईंको व्यापार कस्तो छ भनेर खाद्यान्न र स्वास्थ्यबाहेक अरु क्षेत्रलाई सोध्न सकिने अवस्था छैन। सिर्जनात्मक क्षेत्रका लागि अवसर भए पनि व्यावसायिक उपलब्धि हुने स्थिति छैन।

विज्ञापनका बजारका सवालमा कुरा गर्दा सरकारसँग बसेर नीतिहरु बनाउनु पर्यो। समानुपातिक विज्ञापन नीतिबाट माथि उठेर राहतका रुपमा सीएसआर क्याम्पेन नै गर्नुपर्छ। रिङटोनले वाक्क भएका आम मानिसका लागि प्याकेज चाहिन्छ। व्यवसायी र मिडियालाई पनि सहयोग गर्नुपर्छ।

मिडिया र विज्ञापन एजेन्सी मिलेर ‘विज्ञापन गरौँ’ भन्ने क्याम्पेन गर्नुपर्छ। यो ध्यानाकर्षण गर्ने बेला हो।

एड बोर्ड, क्लिन फिडजस्ता कुराहरुको फुर्सदको बेलामा प्लान गर्नुपर्ने हो। यसको असर त २ वर्ष हुन्छ। अहिले ‘६ महिना काम गरौँ न’ भनेर आवाज उठाइरहेको छु।

रिङटोनले वाक्क भएका आम मानिसका लागि प्याकेज चाहिन्छ। व्यवसायी र मिडियालाई पनि सहयोग गर्नुपर्छ।

मिडिया र विज्ञापन एजेन्सी मिलेर ‘विज्ञापन गरौँ’ भन्ने क्याम्पेन गर्नुपर्छ।

 

अब विज्ञापन एजेन्सीहरु कसरी अगाडि बढ्नुपर्छ ?
सरकारसँग बसेर तत्काल नीति बनाउनुपर्यो। सरकारी प्राधिकरणहरुले पनि क्याम्पेन गर्नुपर्छ। बजेट भिन्नै ल्याउनुपर्छ, सर्र्भाइभका लागि।

एड गर्नुपर्छ, विश्वसनीयता र ब्रान्डिङका लागि भनेर अवेरनेस ल्याउने कार्यक्रम गर्नुपर्ने छ। विज्ञापन गर्ने बेला यही हो भन्ने भावना विकास गराउनुपर्छ।

बुझेर नबुझेर केही डबिङ एडहरुले असर गर्छ। धेरै मेहनत गर्नुपर्नेछ अब।

जसरी नि चल्नुछ, सम्भावना छ।

अवेरनेस ल्याउन के गर्ने ? किन गर्ने एड ?
हामी केटा–केटी छँदा विज्ञापन भएका सामान नबिकेर प्रचार गरेको भन्ने थियो। अहिले परिस्थिति फरक भयो, विज्ञापन भएको ब्रान्डेड चिजमा विश्वास गर्ने कल्चर बन्यो। बजार त्यसैगरी विकास भइरहेको छ।

सिन्डिकेट लगाउने व्यापारी पनि छन्। बिक्री भएकै छन् किन विज्ञापन गर्ने भन्ने पनि नभएका होइनन्।

जस्तो कि यो लकडाउनमा हुनेले तीन छाक भात खाए। नहुनेले तीन पाकेट चाउचाउ खाए। तर चाउचाउले विज्ञापन खर्च गरेका छैनन्। विज्ञापन बजेट खर्चै नगरी जोगाइराखेका छन्।

अब कस्तो बनाउनुपर्छ भने आधिकारिक सेन्सरबाट छानिएको उत्पादनमात्र विज्ञापनमा दिन पाउने बनाउनुपर्छ। म चाहिँ गुणस्तरीय प्रोडक्टमात्र विज्ञापन हुने समयको प्रतीक्षामा छु। 

ब्रान्ड बनाउनु दीर्घकालीन हुनु हो। मिडियासँग मिलेर क्याम्पेन गर्ने सोचमा छु।

विज्ञापन बजारलाई लक्षित गरेर सरकारले कस्तो नीति ल्याउनुपर्छ ?
एड बोर्डको गठन र कार्यान्वयनमा तत्काल कदम चाल्नुपर्नेछ। 

बैंक/इन्सुरेन्सहरुको विज्ञापन खुला प्रतिस्पर्धाबाट हुने भएको छ। राम्रो हो।

नेपाल सरकारले नियमन गरेका विज्ञापनहरु खोल्नुपर्छ। लाइसेन्स दिएर उत्पादन गर्ने तर, विज्ञापनमा चाहिँ ‘मोही माग्ने ढुग्रो लुकाउने ?’

केही नभए ‘लेट नाइट शो’ मा राख्ने गरी व्यवस्था गर्नुपर्छ।

समानुपातिक विज्ञापनको वितरणबारे तपाईंको धारणा के छ ?
नीतिगत रुपमा समानुपातिक विज्ञापनको अभ्यास नै गलत छ। मिडियालाई मुखपत्रका रुपमा टिकाउन हुन्डी बाँडेको जस्तो गर्नुभएन। प्रतिस्पर्धात्मक बनाउनुपर्छ।

 लकडाउनमा हुनेले तीन छाक भात खाए। नहुनेले तीन पाकेट चाउचाउ खाए। तर चाउचाउले विज्ञापन खर्च गरेका छैनन्। विज्ञापन बजेट खर्चै नगरी जोगाइराखेका छन्।

क्लिन फिड अभियान कहाँ पुग्यो ?
क्लिन फिडको अवधारणा १३ वर्षअघिको मेरो अवधारणा हो। म विदेशतिर जाँदा यसबारेमा अध्ययन गरेँ।

क्लिन फिड र एड फिड हुन्छ। कन्टेन्ट बिक्री हुने ठाउँमा एड फिड जान्छ, प्रसारण भएर।

हामीले उपयोग गर्ने सबै सामानमा एड बजेट पनि तिर्छौैं हामी। तर त्यसको विज्ञापन नेपालमा गर्दैनन्।

क्लिन फिड दिए भने मात्र च्यानलको पे गर्नुपर्ने हो। एड फिड भनेको फ्रि टु एअर हो। त्यो निःशुल्क हेर्न पाउनुपर्छ। जसरी नेपाल टेलिभिजन हेर्छौं, हामी। हेरेको कस्ट पनि लिने, एड कस्ट पनि थप्ने सामानमा, यसो हुनु हुँदैन।

९–१० वर्ष लाग्यो यो कुरालाई कन्भिन्स गर्न।

केपी ओली सरकारको ९ महिना कालमा मैले नै प्रस्तुति दिएको हो।

अब यो पूर्ण रुपमा लागूू गर्ने फेजमा छ। अब चाँडो र व्यवस्थित काम गर्न जरुरी छ।

क्लिन फिड हुँदा नेपाललाई के फाइदा हुन्छ ?
नेपाललाई एकदम राम्रो हुन्छ। कोक, फेन्टा, डाबरमा ५ अर्बको विज्ञापन बजेट राखिएको हुन्छ तर यहाँ खर्च गर्दैनन्। 

क्लिन फिड भएपछि यहाँ विज्ञापन रोकिन्छ अनि एड गर्न नेपाल आउनुपर्छ उनीहरुलाई। यहाँका जनताले काम पाउँछन्। बजार बढ्छ, राजस्व संकलन बढ्छ।

दुई वर्षमा विज्ञापन बजार उकालो लाग्छ, अहिले यो कार्यान्वयनमा भयो भने।

एड बोर्ड बन्दैछ। मंसिरदेखि यसको कार्यान्वयन पनि हुन्छ।

लोकल एड बनाउन मान्दैनन् अब। त्यसको क्वालिटी दिनुपर्छ। डबिङ एड बजाउन नमिल्ने कुरा छ। नियमावली बनाउन बाँकी छ।
क्लिन फिडले अर्थतन्त्रमा ठूलो प्रगति हुन्छ। आर्थिक स्तरोन्नति २ वर्षदेखि देखिन्छ।

गुगल, युट्युबमा विज्ञापन गर्ने र फेसबुक बुस्टिङजस्ता काममा एजेन्सीहरु आफूलाई फाइदा हुने भएर केही बोलेनन् भन्ने आरोप छ नि ?
डिजिटल मिडिया मार्केटिङ र मेनेजमेन्ट हुन्छन्। व्यवसाय, ब्रान्ड र व्यक्तिलाई कसरी जोगाउने ? नकारात्मक कुरालाई कसरी रोक्ने ? यस्ता काम गर्न सकिन्छ।

मनी लन्ड्री हुन रोक्ने काम गर्न कुनै निकाय चाहियो नि मनिटर गर्न। सामाजिक सञ्जाललाई नेपालमा अफिस खोल्न अनिवार्य बनाउने नीति बन्नुपर्यो नि।

कोक, फेन्टा, डाबरमा ५ अर्बको विज्ञापन बजेट राखिएको हुन्छ तर यहाँ खर्च गर्दैनन्।
 

एजेन्सी, संघ र व्यवसायीले पहल गरेका छौँ। सरकार गम्भीर छ, एड बोर्ड गठनको लालमोहर लाग्यो। अन्योल छ, लागू गर्नेबारे।
सबै कुरा एड बोर्डअन्तर्गत आउँछ। चुनौती भयंकर छन्। २ वर्ष धैर्य गर्नुछ।

विज्ञापन बजारमा लाग्नुभएको कति भयो ?
विज्ञापन बजारमा लागेको ३२ वर्ष भयो। म निरन्तर यसमै छु।

कसरी लाग्नु भयो ?
म पहिले कलाकार हुँ। प्यारोडी गायक हुँ। राजाहरुलाई पनि गाईजात्रे पर्फम गरेर देखाएको अनुभव छ।

एजेन्सी खोल्नुअघि १–२ एड बनाएको थिएँ। साथीहरुले यति राम्रो गर्ने मान्छे आफैँ एजेन्सी खोल्नु नि भनेर सुझाव दिएपछि यता लागेँ। एकजना साथी पार्टनरका रुपमा थिए। उनी पनि गए। म निरन्तर रमाइरहेको छु।

कत्तिको रसिलो छ यो पेसा?
यो सिर्जना र ग्लामरको क्षेत्र हो। कसैले केही नगरेको काम हामी नै गर्छौं। फिल्म नि हामी नै बनाउँछौँ नि। यो आनन्द दिने क्रियटिभ पेसा हो।

वेलकम एड ग्रुपको अहिलेको स्थान कहाँ छ ?
५०० भन्दा बढी विज्ञापन आफैँले बनाएको छु। ‘एडगुरु’ टाइटल मलाई नेपाल विज्ञापन संघले मुख्य सचिवको रोहबरमा दिएको थियो। यो पनि उच्च सम्मान हो मेरा लागि, स्थान हो। 

बेस्ट एजेन्सी अवार्ड पनि पाएको हो। हाल टप ५ मै पर्छ।

वेलकम एड ग्रुप के–के काम गर्छ ?
सीधा कुरा जनतासँग हामीले नै मार्केटिङ गर्ने प्रोग्राम हो।

वेलकम एडभर्टाइजिङ एन्ड मार्केटिङ अहिले वेलकम एड ग्रुप भएको छ।

वेलकम वेडिङ, वेडिङ प्लान र म्याजेनमेन्ट, इभेन्ट म्याजेनमेन्ट, अडियो भिजुअल उत्पादनका लागि वेलकम एभी प्रोडक्सन, सीईओ अंग्रेजी पत्रिका हाल अनलाइन ceotab.com प्रकाशनजस्ता कामहरु हाम्रो ग्रुपले गर्छ।

हाल ४९ जना फुल टाइमर कर्मचारी छन्।

प्यारोडी गायक हुँ। राजाहरुलाई पनि गाईजात्रे पर्फम गरेर देखाएको अनुभव छ।

वेलकम एड ग्रुपको भविष्यको योजना के छन् ?
यो क्षेत्रमा रमाइरहेको छु। यसैसँग जोडिएका कामलाई समयसापेक्ष सञ्चालन गर्न, व्यवस्थित गर्न, परिस्कृत–परिमार्जित गर्न लागिपरेको छु।
म अब डिजिटल मिडियाको अध्ययन गर्छुृ।

मोबाइलमा आएको एउटा मेसेजले तपाईं एउटा खरिद गर्न लागेको सामान छाडेर अर्कोपट्टि लाग्न सक्नुहुन्छ। डिजिटल मिडियाको एकदम महत्व अनि प्रभाव छ।

संसारभरिबाट हाम्रो एड पोर्टलमा गएर जहाँसुकै पनि एड गर्न मिल्ने व्यवस्था ल्याउनुपर्नेछ।