काठमाण्डौ । दिग्गज लगानीकर्ता वारेन बफेट बिटक्वाइनसहित सबै क्रिप्टोकरन्सी मन नपराउन व्यक्तिका रुपमा चिनिन्छन्। उनले बारम्बार क्रिप्टोकरेन्सीमा विश्वास नरहेको दोहोर्याउँदै आएका छन्।
बफेटले फेरि एकपटक क्रिप्टोकरेन्सीमा आफ्नो राय दोहोर्याएका छन्। उनले भनेका छन्, ‘तिनीहरु उत्पादक सम्पत्ति होइनन्। कौडीको भाउमा पनि म बिटक्वाइन किन्दिनँ।’
बफेट विश्वास गर्छन् कि कुनै पनि सम्पत्तिको आफ्नै मूल्य हुनुपर्छ। ‘केवल एउटामात्रै मुद्रा स्वीकार्य छ तर त्यो क्रिप्टो कदापि होइन’, उनले भनेका छन्।
एक इनसाइडर रिपोर्टले बफेटलाई उद्धृत गर्दै भन्यो, ‘यदि तपाइँले मलाई भन्नुभयो कि तपाइँसँग संसारका सबै बिटक्वाइन छन् र मलाई सबै २५ डलरमा दिन सहमत हुनुहुन्छ भने म अझै पनि किन्दिनँ।’
हाल बिटक्वाइनको एक इकाइको मूल्य लगभग ३९ हजार डलर छ।
वारेन बफेट बर्कशायर ह्याथवेको वार्षिक सेयरहोल्डर बैठकलाई सम्बोधन गर्दै थिए। उनले भने कि क्रिप्टोकरेन्सीहरु उत्पादक सम्पत्ति होइनन् र तिनीहरुबाट ठोस केही पनि उत्पन्न हुँदैन। अउँदो १ वर्ष, ५ वर्षमा वा १० वर्षमा माथि जान्छ कि तल जान्छ थाहा छैन। तर, एउटा कुरामा म पक्का छु कि यसले कुनै फाइदा गर्दैन।’
बर्कशायर ह्याथवेको परम्परागत वार्षिक सेयरहोल्डर बैठक कोभिड महामारी सुरु भएपछि पहिलोपटक आयोजना गरिएको थियो। बैठकमा बफेटले ५ घन्टासम्म जनताका प्रश्नको जवाफ दिएका थिए। यस क्रममा बफेटले वाल स्ट्रिटको पनि खिल्ली उडाए।
अहिले सेयर बजार लगानीको सट्टा जुवा खेल्ने माध्यम बनेको बफेटले बताए। उनले भने, ‘तिनीहरुले धेरै पैसा कमाउँछन् जब मानिसहरुले लगानी गर्दैनन् तर जुवा खेल्छन्।’
बैठकमा बफेटले आफ्नो होल्डिङ कम्पनीले पछिल्लो समय कहाँ लगानी गरेको पनि बताए। बर्कशायरले बजारमा हालै आएको गिरावटको फाइदा उठाउँदै जनवरीदेखि मार्चसम्म विभिन्न कम्पनीमा ५१ अर्ब डलर लगानी गर्यो। यस अवधिमा तेल कम्पनी चेभरनमा बफेटको कम्पनीको लगानी ४.५ बिलियन डलरबाट बढेर २६ बिलियन डलर पुगेको छ। अब कम्पनी अमेरिकन एक्सप्रेस, एप्पल र बैंक अफ अमेरिकासँगै बर्कशायरको शीर्ष ४ होल्डिङमा सामेल भएको छ।
यस अवधिमा बर्कशायरले अक्सिडेन्टल पेट्रोयिमको १४ प्रतिशत सेयर पनि खरिद गर्यो। यीबाहेक एचपी र एक्टिभिजनजस्ता कम्पनीमा बर्कशायरको लगानी पनि बढेको छ। –एजेन्सी
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago