काठमाण्डौ । खल्तीले आफ्ना प्रयोगकर्तालाई डिजिटल रुपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थानसँग सहकार्य गरेको छ।

राष्ट्रिय बीमा संस्थान नेपालको एक विश्वसनीय बीमा प्रदायकका रुपमा स्थापना गर्न सफल रहेको बिमा संस्थान हो। खल्ती सँगको यस सहकार्यस्वरूप उपभोक्ताले अब खल्ती मार्फत राष्ट्रिय बीमा संस्थानको बीमा प्रिमियम तिर्न सक्नेछन्।

उपभोक्ताले बीमा तिर्न खल्ती एपमा रहेको ‘इन्स्योरेन्स’ मा गई राष्ट्रिय बीमा संस्थान छनौट गर्नुपर्नेछ। मागिएको विवरण भरी प्रिमियम भक्तानी प्रक्रियालाई पूरा गर्न सकिन्छ।  

यस सेवाका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘राष्ट्रिय बीमा संस्थानको भुक्तानी सुविधा खल्तीमा समेट्नु हाम्रा लागि एक प्रभावकारी उपलब्धि हो। यस सहकार्यबाट प्रयोगकर्तालाई पूर्ण रुपमा फाइदा हुने साथै बीमा शुल्क संकलन अझै  सरल र प्रभावकारी बन्ने कुरामा हामी विश्वस्त छौँ।’

प्रयोगकर्ताले रु. ५ हजार माथिको नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ। 

भर्खरै स्टार्ट–अप सक्सेस अवार्डबाट सम्मानित, खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा छ। नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डका रुपमा स्थापित गर्न सफल भएको छ । देशभर २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ता साथमा ५० हजार बढी एजेन्ट नेटवर्कको प्रयोगकर्ता बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी यी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। 

www.khalti.com/app बाट खल्ती डाउनलोड गर्न सकिन्छ।