काठमाण्डौ । खल्ती डिजिटल वालेट ‘खल्ती लेख–स्टार’ को खोजीमा हिँडेको छ। जसअन्तर्गत ३ जनाले रु. ५० हजार, रु. २५ हजार र रु. ५ हजार जित्न सक्नेछन्।

‘खल्ती लेख–स्टार’ बन्न जोकोहीले खल्ती शब्दको अर्थ (वालेट र पकेट) खुल्ने गरी नेपाली भाषामा विभिन्न लेख रचना गरी पोस्ट गरी ‘खल्ती’ लाई पठाउनुपर्नेछ। 

इच्छुक व्यक्तिले आफ्नो कला पन्स, पन्चलाइन, टंग ट्विस्टर, कविता, उखान टुक्का, ट्याग लाइन्स, र्याप आदिमार्फत सोसल मिडियामा प्रस्तुत गरी #KhaltiLekhstar राखी आफ्नो फेसबुक, इन्स्टाग्राम, ट्विटर, युटुब या टिकटकमा सेयर गर्नुपर्नेछ । पोस्ट गरेपश्चात आफ्नो पोस्टको लिंक ‘खल्ती’ ले प्रदान गरेको फारममा सम्पूर्ण विवरणसहित पठाई यस प्रतियोगितामा सहभागी हुन पाइनेछ। यो प्रतियोगिता यही चैत १५ गतेदेखि आउँदो वैशाख १४ गतेसम्म लागू हुनेछ।  

यस अफरअन्तर्गत घोषित विजेताले निम्नअनुसारको पुरस्कारहरु प्राप्त गर्ने छन्– 

यसका साथै ३ जना विजेताले खल्तीको भिडियोमा प्रस्तुत हुने मौका पाउनेछन्।  

यस क्याम्पेनका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्ती शब्द आफैँमा हरेक व्यक्तिको दैनिक जीवनसँग आबद्ध शब्द भइसकेको छ। यस कुरालाई मध्यनजर गर्दै  ‘खल्ती लेख–स्टार’मार्फत विभिन्न लेख प्रतिभाहरुलाई हौसला दिने उद्देश्यले यो योजना ल्याएका छौँ। यस प्रतियोगितामा आबद्ध हुने सबै आह्वान गर्छु।’

‘खल्ती’ नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डका रुपमा स्थापित भएको छ। २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानीजस्तै मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।