काठमाण्डौ । दशैंजस्तो राम्रो व्यापार व्यवसाय हुने महान चाडको मुखमा चीनले अघोषित नाकाबन्दी गर्दा व्यापारी/व्यवसायी समस्यामा परेका छन् । 

व्यवसायीको हकहितका लागि क्रियाशील संघ-संस्थाले चीनले लगाएको अघोषित नाकाबन्दीको मारमा परेका व्यवसायीलाई व्यापार नभएकै बेला बैंकले समेत ऋण तिर्न मानसिक दवाब दिने गरेका र एकजनाले आत्महत्याको बाटो समेत रोज्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

नेपाल राष्ट्रिय व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै चिनियाँ नाकामा अड्किएका अर्बौका सामान छुटाउन राज्यका तर्फबाट पहल नभएको भन्दै आपत्ति जनाएको छ । 

नेपालीहरुको ठूलो चाड दशैं नजिकिएको तर, दशैंमा बेच्नुपर्ने सामान नाकामै रोकिँदा अर्बौका सामान सडेर बिग्रने अवस्थामा पुगेको महासंघका अध्यक्षकुमार कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

‘फितलो राज्यसंयन्त्रका कारण उत्तरी नाकामा भइरहेको अघोषित नाकाबन्दीको प्रत्यक्ष मार व्यवसायीले भोगिरहनुपरेको छ।’अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘संयौ मालवाहक कन्टेनरहरु नाकामा थन्किएर बस्दा चाडपर्व केन्द्रीत अर्बौका सामानहरु सडिने, कुहिने र बिग्रने भई नोक्सान भएको छ भने बजारमा सामानको हाहाकार देखिन्छ ।यस्तो विकराल अवस्थामा समेत सरकार लाचार भएर बस्नु भनेको गैरजिम्मेवारीपनको पराकाष्ठा हो ।’

यस्तै, राष्ट्रबैंकको गलत मौद्रिक नीतिका कारण व्यापारी व्यवसायीहरु मर्नुपर्ने अवस्था सिर्जना भएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ । बैंक ब्याजदर १५ प्रतिशत माथि पुगिसकेको, घरजग्गा धितो राखेर ऋणमै व्यवसाय गर्न खोज्दा समेत चीनको अघोषित नाकाबन्दी र त्यसतर्फ सरकारको उदासीनतले अवस्था निकै गम्भीर बनाएको महासंघको दाबी छ ।  

‘व्यापार व्यवसाय गर्न सामान नाकामा थन्किएको, बैंकले ऋण चुक्ता गर्न बारम्बार ताकेता गर्दै सम्पत्ति लिलाम तथा जफथ गर्ने धम्की दिंदै मानसिक तनाव दिइरहेको अवस्था छ।’ विज्ञप्तिमा भनिएको छ–‘यावत समस्याले गर्दा व्यवसायीहरु मानसिक सन्तुलन गुमाएर आत्महत्या गर्नुपरेका उदाहरणहरु छन् ।’ 

महासंघले निकालेको विज्ञप्ति यस्तो छ: