काठमाण्डौ । प्रविधिको विषयमा बहस हुनु नौलो कुरा होइन। सबैजना भविष्यमा आउने नयाँ प्रविधिका बारेमा जान्न चाहन्छन्। सायद यसैले वर्तमानको कल्पनाबाट भविष्यको जन्म हुन्छ भनिन्छ।

लगभग २० वर्षपहिले हामीले स्मार्टफोनको कल्पनामात्र गरेका थियौँ। जुन आज हाम्रो जीवनशैलीको एक हिस्सा बनिसकेको छ। रोबोटिक्स एउटा यस्तो खण्ड हो। जसको वर्तमान कल्पनाले भरिएको छ र भविष्य सम्भावनाहरुले भरिएको छ।

सायद हामी यो वर्ष यस्तै रोबोटसँग आमनेसामने हुन सक्छौँ। इलेक्ट्रिक कार निर्माता टेस्लाका सीईओ एलन मस्क यो वर्ष आफ्नो पहिलो ह्युमनोइड लन्च गर्ने तयारीमा छन्। ह्युमनोइड भनेको मानव र एन्ड्रोइडको संयोजन हो।

टेस्लाले गत वर्ष अगस्टमा भएको ‘टेस्ला एआई डे’मा यो रोबोटको प्रारम्भिक झलक सार्वजनिक गरेको थियो। यो वर्षको टेस्ला एआई एआई डेको मिति अगाडि सारिएको छ। 

यो कार्यक्रम जुन १९ अगस्त २०२२ मा आयोजना हुने भनिएको थियो। अब ३० सेप्टेम्बरमा हुनेछ। टेस्लाले आफ्नो ह्युमनोइड लन्च यो कार्यक्रमको मिति अगाडि सारेको बताइएको छ। 

मस्कले टेस्ला एआई डे कार्यक्रममा काम गर्ने अप्टिमस प्रोटोटाइप अनावरण गर्न सक्छ। अप्टिमस वा अप्टिमस सबप्राइम एउटा ह्युमनोइड हुनेछ। यसको भर्जन १ को प्रडक्सन सन् २०२३ मा सुरु हुन सक्छ।

एलन मस्कका अनुसार यो रोबोटले ती सबै काम गर्नेछ, जुन मानिसले गर्न चाहँदैन। उनले भनेका छन्, ‘तपाइँलाई यो काल्पनिक लाग्न सक्छ तर हामी यसलाई वास्तविकतामा परिणत गर्नेछौँ। यो सुरक्षित पनि हुनेछ। टर्मिनेटरजस्तो केही हुने छैन।’

मस्क यी रोबोटको सहयोगमा श्रम लागत घटाउन चाहन्छन्। उनले कुनै पनि अर्थतन्त्रको जग श्रममा बसेको बताए। ‘यदि तपाइँसँग काम गर्ने मान्छेको कमी छैन भने के हुन्छ ?’, उनले भनेका छन्, ‘अप्टिमसले मानिसको काम गर्नेछ तर ऊ मानिसका लागि भने खतरा बन्ने छैन।’ –एजेन्सी