काठमाण्डौ। इन्टरनेसनल डान्स एकेडेमी एन्ड फिल्मस् प्रालिद्वारा कि एड्भर्टाइजिङ सर्भिस प्रालिका लागि कात्तिक २५ गते बिहीबारदेखि नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटी शो डान्स च्याम्पियन नियमित उत्पादन गरी कान्तिपुर टेलिभिजनमा प्रसारण गर्ने भएको छ। यसको युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुनेछ।
उक्त कार्यक्रमको मार्केटिङ कि एड्भर्टाइजिङले गर्दैछ। नेपाली नृत्य र कलाकारितालाई अझै शिखरमा पुर्याउन डान्स च्याम्पियन मेगा–शो कान्तिपुर टेलिभिजनले र ओएसआर डिजिटलले नियमित प्रसारण गर्नेेछ।
उक्त मेगा–शो प्रत्येक बिहीबार र शुक्रबार हप्ताको २ दिन बेलुकी ९ः०० बजे प्रसारण गरिनेछ।
डान्स च्याम्पियनका निर्णायकहरुमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहेका छन्। डान्स च्याम्पियन कार्यक्रमको प्रस्तोताका रुपमा उमेश राइ (फुलन्देकी आमा) र निशान्त कटुवाल रहेका छन्।
उक्त कार्यक्रमका निर्देशक गजित बिष्ट हुन्। कुल २५ लाख रुपैयाँ धनराशि पुरस्कार रहेको यस कार्यक्रम ३४ भागको हुनेछ।
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago