काठमाण्डौ । १२ जना अनुभवी कोरियोग्राफरका साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगी रहेको ‘डान्सिङ स्टार्स नेपाल’ को एकमात्र भोटिङ पार्टनरका रुपमा नेपालको प्रचलित भुक्तानी सेवा प्रदायक ‘खल्ती डिजिटल वालेट’ले साझेदारी गरेको छ।

यो प्रतियोगिता १२ चैतदेखि हिमालय टीभी एचडीमा हरेक शनिबार राति ८ः०० बजेबाट रुपमा प्रसारण भएको छ। यसमा नेपाली चलचित्र क्षेत्रका प्रख्यात कलाकार दिलीप रायमाझी, रेनिशा राई र गौरी मल्ल जजहरु को रुपमा रहेका छन्। भोटिङ लाइन आगामी शुक्रबार अर्थात चैत १८ गतेबाट सुरु हुनेछ।

यो साझेदारीबारे प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘लाखौँ नेपालीमा लुकेको प्रतिभा देखाउनेका साथै मनोरञ्जन प्रदान गर्ने प्लेटफर्मका रूपमा काम गर्ने यस प्रकारका रियालिटी शोहरुसँग साझेदारी गर्न पाउँदा हामी उत्साहित छौँ। यसका साथै खल्ती प्रयोगकर्ताले आफ्नो मनपर्ने प्रतियोगीलाई साथ दिन भोटिङ सेवा प्रदान गर्न पाउँदा खुसी महसुस गरेका छौँ।’

यस भोटिङ सुविधाका साथसाथै ‘खल्ती’ ले निःशुल्क बैंक ट्रान्सफर, बैंक लिंक, स्क्यान र पे अफरहरुजस्ता विभिन्न अफर र क्याम्पेन निरन्तर ल्याइरहेको छ।

‘खल्ती’ नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रुपमा स्थापित भएको छ। २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।