काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार र अलिबाबा समूहअन्तर्गतको दराजले ‘नव वर्षको भव्य सेल’ अनेक छुट लिएर आएको छ। यो अभियान चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म चल्नेछ। 

नयाँ वर्षको भव्य सेल भनेर परिचित यस अभियानमा विभिन्न उत्पादनहरुमा मूल्य कटौती छ। उदाहरणका लागि ४६ हजार ७२० रुपैयाँको वल्पुल डबल डोर फ्रिज जम्मा ३८ हजार ९९९ रुपैयाँ, ६८ हजार ५९० रुपैयाँ पानासनिक फ्रन्ट लोड वासिङ मेसिन जम्मा ५७ हजार ९९९ रुपैयाँमा, डेल वोस्ट्रो आई–थ्री ल्याप्टप मात्र ५४९ हजार ९९ रुपैयाँमा र वन प्लस नोर्ड १००  केवल ३३ हजार ९०० रुपैयाँमा उपलब्ध हुनेछन्। 

विभिन्न उत्पादनहरु जस्तै– घरका सामान, ग्याजेट, फेसन, किराना सामानलगायत पनि छुट उपलब्ध हुनेछन्। साथै, पूर्वभुक्तानी छुट, भाउचर र सीमित उत्पादनहरूमा निःशुल्क सपिङमार्फत अधिक बचतका लागि सम्भावनाहरू पनि छन्।

यस अभियानको बैंक पार्टनर छुट निम्नानुसार छन्– 

– नबिल बैंक : डेबिट कार्डमा १५ प्रतिशत (रु. १०००) सम्म छुट र क्रेडिट कार्डमा २० प्रतिशत (रु . १५००) सम्म छुट। 

– सानिमा बैंक : डेबिट कार्डमा १५ प्रतिशत (रु. १०००) सम्म छुट र क्रेडिट कार्डमा २० प्रतिशत (रु. १५००) सम्म छुट। 

– एनएमबि बैंक : डेबिट कार्डमा १५ प्रतिशत (रु. १०००) सम्म छुट र क्रेडिट कार्डमा २० प्रतिशत (रु . १५००) सम्म छुट। 

– मेगा बैंक : डेबिट कार्डमा १५ प्रतिशत (रु. १०००) सम्म छुट र क्रेडिट कार्डमा २० प्रतिशत (रु . १५००) सम्म छुट। 

– कुमारी बैंक : डेबिट कार्डमा १५ प्रतिशत (रु. १०००) सम्म छुट र क्रेडिट कार्डमा २० प्रतिशत (रु . १५००) सम्म छुट। 

– माछापुच्छ्र् बैंक : डेबिट कार्डमा १५ प्रतिशत (रु. १०००) सम्म छुट र क्रेडिट कार्डमा २० प्रतिशत (रु . १५००) सम्म छुट। 

– सन् राइज बैंक : डेबिट कार्डमा १५ प्रतिशत (रु. १०००) सम्म छुट र क्रेडिट कार्डमा २० प्रतिशत (रु . १५००) सम्म छुट। 

– एनआईसी एशिया बैंक : डेबिट कार्डमा १५ प्रतिशत (रु. १०००) सम्म छुट र क्रेडिट कार्डमा २० प्रतिशत (रु . १५००) सम्म छुट।

– स्ट्यान्डर्ड चार्टर्ड बैंक : डेबिट कार्डमा १५ प्रतिशत (रु. १०००) सम्म छुट र क्रेडिट कार्डमा १५ प्रतिशत ( रु. १०००) सम्म छुट

– हिमालयन बैंक : क्रेडिट कार्डमा २० प्रतिशत (रु. १५००) सम्म छुट।

साथै, ग्राहकले आफ्नो ई–सेवा वालेटका माध्यमबाट भुक्तानी गरे सीमित घन्टाका लागि ५०० रुपैयाँ सम्मको विशेष छुट पाउन सक्नेछन्। यसबाहेक भिजा कार्डधारकहरूले दराजमा आफ्नो पहिलो खरिदमा पूर्वभुक्तानी गर्दा २० प्रतिशत छुट (अधिकतम रु. ५००) पाउनेछन्। 

यसैगरी एनआईसी बैंक, सनराइज बैंक लिमिटेड, सिटिजन्स बैंक र माछापुच्छ््रे बैंकका ग्राहकले ० प्रतिशत ब्याजदरमा सजिलो मासिक किस्तमा (ईएमआइै) लिन सक्नेछन्।

यस अभियानमा ‘खेल १ रुपैयाँको’ (वन रुपी गेम) जस्ता खेलहरू पनि प्रस्तुत गरिएको छ। जसमा दराज प्रयोगकर्ताले वन प्लस एन १००, डिजिकम ब्लुटुथ मल्टिमेडिया स्पिकर, एक्स–एज ट्याब ४० जस्ता पुरस्कारमात्र १ रुपैयाँमा जित्न सक्छन्। भाग लिनका लागि उनीहरूले खेलमा चित्रित उत्पादन आफ्नो कार्टमा राख्नुपर्छ र बैंक कार्ड ार्फत १ रुपैयाँ तिरी चेक आउट गर्नुपर्छ। दराजले विजेताहरूको घोषणा गरेपछि सबै सहभागीलाई रुपैयाँ १ फिर्ता गर्नेछ।

नव वर्षको भव्य सेल नेपालमा अहिलेसम्म दराजकोे सबैभन्दा ठूलो सेल अभियान रहेको कम्पनीको दाबी छ। बिक्रेताहरु तथा भुक्तानी र डेलिभरी साझेदारहरूको चरम तयारी यसमा रहेको कम्पनीले जनाएको छ। तसर्थ, विविध उत्पादनहरुका साथ यो भव्य सेललाई नेपालको ४५ भन्दा बदी सहरहरुमा रहने ग्राहकसामु पुर्याउन निकै उत्साहित रहेको कम्पनीको भनाइ छ। ‘हामी उच्चतम सन्तुष्टि सुनिश्चित गर्न हामी  हाम्रा हजारौँ साझेदारहरूसँग गम्भीरताका साथ गरिरहेका छौँ। यो नेपालको सबैभन्दा ठूलो अनलाइन सपिङ प्रदायकका रूपमा हाम्रो जिम्मेवारी हो’, दाराज एमडी लिनो अहलरिंगले भने।

यस अभियानमा सबैका लागि केही चीज छ किनकि दराजले हजारौँ विभिन्न बिक्रेतामार्फत ५ लाखभन्दा बढी उत्पादनहरू आफ्नो अनलाइन बजारमा समावेश गर्दछ। यस दराजको नव वर्ष सेलमा बिक्रेता र ब्रान्डहरुले पनि थप छुट दिनेछन्। सबैभन्दा प्रमुख भने वन प्लस, मसाला बिड्स, अमार्य, मंत्र, अर्क, लोट्टो, सिजी लाइफ, बाल्ट्रा, काम्लिंत, म्याकेंरो, र फिलिप्स रहेका छन्।

ग्राहक तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्न, दराज अझै पनि सबैभन्दा राम्रो स्वच्छता अभ्यासहरु पछ्याउँदैछ। त्यसैगरी ग्राहकलाई समान खरिद गर्न अघि सधैँ उत्पादनको र विक्रेताको रेटिंग र रिभ्यु जाँच गर्न कम्पनीले सल्लाह दिँदै आएको छ।