काठमाण्डौ । कुमारी बैंक लिमिटेड र  काठमाण्डौको टोखास्थित द हिमालयन ग्रिल बाई बाजेकोबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झातौ भएको छ। 

सम्झौतापत्रमा कुमारी बैंकका रिटेल बैंकिङ प्रमुख अन्जना मिश्र र द हिमालयन ग्रिल बाइै बाजेकोका तर्पmबाट सञ्चालक मौसमकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बैंकका ग्राहकले द हिमालयन ग्रिल बाई बाजेकोका सेवाहरुमा कुमारी बैंकका डेबिट वा क्रेडिट कार्ड तथा क्यूआरमार्फत भुक्तानी गर्दा विशेष छुट पाउनेछन्। 

डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले यस सहकार्य गरेको हो। यस सहकार्यपश्चात कुमारी बैंकका डेबिट वा क्रेडिट कार्डवाहकहरु तथा क्यूआर प्रयोगकर्ताले द हिमालयन ग्रिल बाई बाजेकोको टोखा आउटलेटमा विभिन्न सेवासुविधाको शुल्कमा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। 

कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटीएम, ५९ शाखारहित बैंकिङ इकाइ तथा ३४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।