काठमाण्डौ । सम्पूर्ण देश नै कोरोनाको कहरमा गुज्रिरहेको अवस्थामा नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकको माग तथा समयसापेक्ष सेवा दिने हेतुले ‘नबिल जेन–एन अकाउन्ट’ ल्याएको थियो। यो खाता नयाँ सोच र नयाँ जोस बोकेका प्रविधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको हो। 

यो योजनाले डिजिटल बैंकिङमा नयाँ युगको सुरुआत गरिएको नबिल बैंक विश्वस्त छ।  यसमा एनटीसी÷एनसेल २जीबी डाटा प्याकेजको विशेष सुविधाका साथै थुप्रै प्रविधिमैत्री सेवाहरु जस्तै– मोबाइल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको छ। 

यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरु सञ्चालनमा आएको हुनाले मिल्दोजुल्दो नाममा नझुक्की ‘नबिल जेन–एन अकाउन्ट’ खोली यस खाताको लाभ लिई ढुक्क हुन सक्ने बैंकले जनाएको छ। साथै, कोरोनाको असहज परिस्थितिका बावजुद यस बचत खाता सञ्चालनमा आएको एक वर्ष नपुग्दै १ लाखभन्दा बढी ग्राहकलाई समाहित गर्न पाउँदा आफूहरु गौरवान्वित भएको बैंकले जनाएको छ। बैंक आफ्ना ग्राहकप्रति आभार पनि प्रकट गरेको छ। 

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन्। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ। 

ग्राहकको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको सुरुआत गर्नेतर्फ केन्द्रित रहँदै आएको बैंकले जनाएको छ।