काठमाण्डौ । नबिल बैंक लिमिटेडले ‘नबिल एसएसई फेलोसिप प्रोग्राम–२०२२’ का लागि आवेदन खुला गरेको छ। 

भित्रुभवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा नबिल बैंकले यस कार्यक्रमका लागि आवेदन खुला गरेको हो। यो कार्यक्रमको मुख्य उद्देश्य जीविकोपार्जन, क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य सेवा, कला तथा सामुदायिक हित, ऊर्जा इत्यादि क्षेत्रमा देशभर सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने रहेको छ।

मानव जीवन, समाज तथा वातावरणमा सकारात्मक परिवर्तन ल्यार्य दिगो विकास लक्ष्य हासिल गर्न नवीनतम सोच भएका व्यक्तिहरुलाई यस कार्यक्रममा सहभागी हुन आवेदन आह्वान गरिएको छ। 

यो फेलोसिप प्रोग्राममा १८ देखि ५० वर्ष उमेर समूहभित्रका नेपाल नागरिकले आवेदन दिन पाउनेछन्। आवेदकले आफ्नो त्रिवि दर्ता नम्बर वा त्रिविको कुनै पनि संकायमा सम्बद्धता भएको प्रमाणित हुने कागजपत्र पेस गरी आवेदन दिनुपर्नेछ।

यो प्रोग्राममा प्रशिक्षणको भाषा अंग्रेजी र नेपाली दुवै हुनेछन्। आवेदकसँग कामको सम्बन्धनमा अंग्रेजी र नेपाली दुवै भाषाको जानकारी हुनुपर्नेछ। यद्यपि भाषा कुनै रोकावट नहुने पनि बैंकले जनाएको छ। 

प्रशिक्षार्थीले फेलोसिप प्रोग्रामको ६ महिना अवधिभर प्रत्येक महिना न्यूनतम ३ देखि ४ दिन उपस्थित हुने प्रतिबद्धता जनाउनुपर्नेछ। यसका साथै प्रशिक्षण सम्पन्न गर्न न्यूनतम ९० प्रतिशत हाजिरी अनिवार्य हुनुपर्नेछ।

प्रशिक्षार्थीले फेलोसिपमा भाग लिन आउँदा लाग्ने सम्पूर्ण यातायात खर्च आवेदक स्वयंले व्यहोर्नुपर्नेछ। फेलोसिपमा सहभागी हुने प्रशिक्षार्थीलाई बस्ने र खाने सुविधा उपलब्ध गराइनेछ।

आवेदकले आफूले समाधान गर्न चाहेको सामाजिक समस्या र चुनौतीको निश्चित रुपमा पहिचान गरेको हुनुपर्नेछ। आवेदकसँग उक्त पहिचान गरिएको समस्या समाधान गर्नुपर्ने खाकासमेत हुनुपर्नेछ। 

यो फेलोसिभ प्रोग्राममा आवेदन नबिल बैंकको वेबसाइट www.nabilbank.com मा उपलब्ध रहेको छ। आवेदन पेस गर्ने अन्तिम मिति आउँदो पुस ९ गते मध्यरात २३ः५९ बजेसम्म तोकिएको छ। 

आवेदन समीक्षा चरणमा योग्य ठहरिएमा आवेदकलाई अन्तर्वार्ताका लागि बोलाइनेछ। आवेकले अन्तर्वार्ता समितिसमक्ष आफ्ना विचार र समाधानका उपाय राख्नुपर्नेछ। अन्तर्वार्ताबाट छनोट भएका आवेदकहरुलाई मात्रै यो फेलोसिप प्रोग्राममा प्रशिक्षणका लागि बोलाइने बैंकले जनाएको छ।