काठमाण्डौ। हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो नयाँ वर्ष २०७९ योजना ‘नयाँ वर्षको सुरुआत हुन्डाईका साथ” सार्वजनिक गरेको छ। 

यो योजनाअन्तर्गत ग्राहकले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। नयाँ वर्ष बोनस रु. ७९ हजार, एक्सचेन्ज बोनस रु. ७९ हजारसम्म, मोडल इयर डिस्काउन्टरु. ९९ हजारसम्म, द्रुत मूल्यांकन र स्पट एक्सचेन्जमा १ वर्षका लागि निःशुल्क बीमा र सडक कर।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १६ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। 

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकको मन तथा विश्वास जित्न सफल भएको छ।