काठमाण्डौ । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेडले आइतबार काठमाण्डौमा ‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ शीर्षकमा सम्मेलनको आयोजना गरेको छ।
सम्मेलनमा स्वदेश तथा विदेशका गरी १५ जना विशिष्ट व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुति एवं सारगर्वित मन्तव्यहरु राखे। सम्मेलनमा बैंक, वित्तीय संस्था, इन्स्योरेन्स र अन्य क्षेत्रका करिब १५० सहभागीको सहभागिता थियो।
कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले गरेका थिए। उनले बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणमा वित्तीय पहुँचको अभिवृद्धि गर्दै उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गरेमा आर्थिक विकास तथा गरिवी निवारणमा विशेष सहयोग पुग्ने बताए।
यसै सत्रमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना, बंगलादेश बैंकका पूर्वगभर्नर डा. अतुर रहमान र राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समेत सम्बोधन गर्दै कार्यक्रमको सफलताको शुभकामना दिँदै तरलता अभाव सँगै बाह्य क्षेत्रको चापमा परेको अर्थतन्त्रको पुनरुत्थानका लागि यस्ता कार्यक्रम विशेष प्रभावकारी हुने उल्लेख गरे।
कार्यक्रमको दोस्रो सत्रमा बंगलादेश बैंकका पूर्वगभर्नर डा. अतुर रहमानले ‘ग्लोबल इकोनोमिक क्राइसिस एन्ड लिडरसिप च्यालेन्जेजः अ रेगुलेटरी प्रस्पेक्टिभ’ विषयमा विशेष प्रस्तुति दिएका थिए।
सम्मेलनको मुख्य आकर्षण रहेको सत्र बैंकिङ, इन्स्योरेन्स र इकोनोमीअन्तर्गत ‘म्याक्रो इकोनोमिक रिस्क एन्ड च्यालेन्जेज अफ नेप्लिज इकोनोमी’ विषयमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा विशेष जोड दिनुपर्ने बताए।
यसै सत्रमा स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर एवं प्रमुख अनुकोल भट्नागरले ‘द बैंक इन २०३०’ विषयमा कार्यपत्र प्रस्तुत गरे।
त्यसैगरी माइक्रोफाइनान्स इन्टिच्युट नेटवर्क भारतका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक डा. आलोक मिश्रले लघुवित्त क्षेत्रका विषयवस्तुलाई सम्बोधन गर्दै ‘द फ्युचर अफ माइक्रोफाइनान्सः प्रस्पेक्ट, च्यालेन्जेज एन्ड अपर्च्युनिटिज’ विषयमा कार्यपत्र प्रस्तुत गरे।
बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले इन्स्योरेन्स क्षेत्रका विषयवस्तुलाई सम्बोधन गर्दै ‘द इनोभेटिभ मोडल अफ इन्स्योरेन्सः प्रस्पेक्ट, च्यालेन्जेज् एन्ड अपर्च्युनिटिज’ विषयमा कार्यपत्र प्रस्तुत गरे।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्याय र बिफिनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले समेत यस सत्रमा आप्mना धारणा राखे।
सम्मेलनको अर्को आकर्षणको विषय रहेको इन्फ्राइस्ट्रक्चर फाइनान्सिङअन्तर्गत विश्वबैंकका पूर्व उपाध्यक्ष डा. विन्दुनाथ लोहनीले ‘इन्फ्रास्टक्चर इन्भेष्टमेन्टः ग्याप, मोडेल्स एन्ड अपर्च्युनिटिज’ विषयमा आफ्ना धारणाहरु राखे।
त्यसैगरी ‘ट्रेन्ड, रिस्क एन्ड इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट आउटलुक इन नेपाल” विषयमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले आफ्ना भनाइहरु राख्दै सहभागीहरुसँग विशेष अन्तर्क्रियासमेत गरे।
यहीसत्रमा बैंकिङ क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले ‘बैंकर्स प्रस्पेक्टिभ इन इन्फ्रास्टक्चर फाइनान्सिङः करेन्ट स्टेन्स एन्ड फ्युचर स्टेप्स” विषयमा आप्mनो प्रस्तुतिकरण प्रस्तुत गरेका थिए।
सम्मेलनको यस सत्रलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले समेत सम्बोधन गरेका थिए।
बिफिन स्थापनाको चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थाका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले सम्बोधन गर्दै कार्यक्रमको समापन गरेका थिए।
6 minutes ago
16 minutes ago
27 minutes ago
42 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago